Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ठगिएकाहरुको कथामा ‘चुरिफुरी’ : ट्रेलर हेर्नुहोस्

फिल्मीखबर, काठमाडौं, 2021/11/26
Abishek Shrestha
 
आउँदो पुष ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरिफुरी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिएको छ । २ मिनेट ४४ सेकेण्डको ट्रेलरमा अष्ट्रेलिया जान लाग्दा र जग्गा किन्दा ठगिएकाहरुको कथालाई कमेडी शैलीमा देखाइएको छ । कमेडी फिल्म रुचाउने दर्शकलाई फिल्मले हलसम्म तान्न सक्ने ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । 
 
फिल्ममा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चित अभिषेकले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । पूजाको पनि यो पहिलो फिल्म हो ।
 
राहुले राइको छायांकन रहेको फिल्ममा भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ । ऋषिराज आचार्य निर्देशित फिल्मको निर्मातामा निर्देशक आचार्य र रिना ढकाल छन् भने सह–निर्माता विमला भुसाल, राजेन्द्र खाती, खेमराज भण्डारी र शिव थापा छन् । सोसल कमेडी जनरामा निर्मित फिल्मको कथा, पटकथा र संवाद ऋषिराज स्वयंले तयार पारेका हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-
 
Most Visited News (monthly)