Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो छ सलमान खानको ‘अन्तिम’ ?

एजेन्सी, मुम्बई, 2021/11/26
बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ फिल्म ‘अन्तिम’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । महेश मान्जरेकरले निर्देशन गरेको फिल्ममा सलमानका अलावा आयुष शर्मा, महिमा मकवाना, निकितिन धीर र जिशु सेन गुप्ताको पनि अभिनय रहेको छ । एक्सनले भरिएको फिल्मलाई दर्शकले रुचाएका छन् । यो फिल्मले समीक्षकबाट पनि राम्रो रेटिङ पाएको छ ।
 
‘अन्तिम’ को कहानी भू-माफियाबाट प्रताडित राहुल (आयुष शर्मा) र उसको परिवारबाट सुरु हुन्छ । हाई प्रोफाइल गुन्डागर्दीको सहारामा राहुलका पिता (सचिन खेडेकर) को जमिन हत्याएर त्यहीँ जमीनमा बन्ने फार्महाउसमा राहुललाई चौकीदार बनाइन्छ । जब सानो-तिनो कुराहरुमा ऊमाथि मारपिट हुन थाल्छ तब उसलाई सैह्य हुँँदैन र त्यहीँबाट राहुलको ‘गुन्डा’ बन्ने कथा सुरु हुन्छ । 
 
salman khan
 
राहुलबाट ‘राहुल्या’ बनेपछि उसको गलत काम गर्ने क्रम बढ्छ भने अर्कोतिर मन्दा (महिमा मकवाना) सँग माया बस्छ । राहुल आफ्नो परिवार र प्रेमका लागि सबैसँग बदला लिन्छन् । यस्तैमा, इन्स्पेक्टर राजवीर सिंह (सलमान खान) को इन्ट्री हुन्छ । के राहुलको प्रेम सफल होला ? राजवीर र राहुलबीच के कनेक्सन हुन्छ ? यसको जवाफ पाउन भने हलमै गएर फिल्म हेर्नुपर्ने हुन्छ । 
 
निर्देशक महेश मान्जरेकर स्वयंले फिल्ममा मन्दाको पिताको भूमिका निर्वाह गरेका छन् । महेशले पहिलो हाफमा नै दर्शकलाई बाँधेर राख्न सफल छन् । फिल्म दोस्रो हाफमा पनि बलियो छ । फिल्ममा कसरी भू-माफिया र गुन्डागर्दीका कारण गरीब व्यक्ति समस्यामा पर्छन् भन्ने देखाइएको छ । फिल्ममा मन्दाको रोल निर्वाह गरेकी महिमाले आफूलाई अभिनयमा प्रमाणित गरेकी छन् । 
 
सलमान खानले एकपटक फेरि आफ्नो एक्सन र डाइलग डेलिभरीले दर्शकको मन जितेका छन् भने उनको सरदारवाला लुक्स पनि निकै सानदार छ । फिल्ममा आयुष शर्माले पनि उत्कृष्ट काम गरेका छन् । उनको आँखामा नै रिस र प्रेम स्पष्ट देख्न सकिन्छ । फिल्मको एउटा राम्रो पक्ष के हो भने सबै चरित्रको डाइलग एकदमै दमदार छ, जुन थिएटरबाट बाहिर निस्कँदा पनि याद हुन्छ । 
 
(इन्डिया टिभीको सहयोगमा)
Most Visited News (monthly)