
प्रशंग फिल्म ‘घुइँचो’ को निर्माण घोषणाको हो । सोमवार नयाँ बानेश्वरस्थित पाँचतारे होटल एभरेष्टमा फिल्मको घोषणा कार्यक्रम राखिएको थियो । सञ्चारकर्मीलाई साढे २ बजेको निम्तो पुगे पनि कार्यक्रम भने करीब एक घन्टा ढिलो सुरु भयो । कार्यक्रमलाई आकर्षक र भव्य बनाउन निर्माण टिमले विशेष तयारी गरेको थियो । रंगीचंगी बेलुनले कार्यक्रमको सभा हल सजाइएको थियो ।

‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘घुइँचो’ बन्ने भएको छ । सोमवार राजधानीको होटल एभरेष्टमा औपचारिक घोषणा गरिएको फिल्ममा अभिनेत्री एलिजा गौतम र नव-नायक कुन्साङ बोम्जनको जोडी बाँधिएको छ । यही फिल्मबाट कुन्साङले नायकको रुपमा डेब्यू गर्नेछन् । उनले एक दर्जन बढी म्यूजिक भिडियोमा भने अभिनय गरिसकेका छन् ।

अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले यही मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको चावहिलस्थित हलमा फेस्टिभल गर्न लागेको हो । अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको हो ।

कोरोना महामारीका कारण थलिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न भारतको सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिख (मंसिर २४ देखि २८ गते) सम्म राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा बलिउडसँगै नेपालका स्टार कलाकारहरुको पनि उपस्थिति रहने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर दशैंबाट खुलेका सिनेमा हलमा अझै गतिलो नेपाली फिल्म लाग्न सकेको छैन । दशैं र तिहार जस्तो चाडमा समेत आशातित फिल्म रिलिज हुन सकेनन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने यतिबेला नेपाली निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका छन् ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मंसिर ६ देखि ९ गते (२२ देखि २५ नोभेम्बर) सम्म नवौं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल्ली चलचित्र महोत्सव’ हुने भएको छ । केन्द्रले प्रत्येक वर्ष ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आयोजना गर्दै आएको भए पनि कोरोनाका कारण गत वर्षझैँ यसपाली पनि भर्चुअलको माध्यमबाट महोत्सव हुन लागेको हो ।

