Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6265 - 6270 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-11-24, बुधवार

‘छ माया छपक्कै’ जस्तो सुपरहिट फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्म क्षेत्रमा कलाकारहरुको एकदमै अभाव रहेको बताएका छन् । फिल्म क्षेत्रमा कलाकारको ‘रेन्ज’ बढाउन नयाँ अनुहारको आगमन आवश्यक रहेको उनको भनाई छ । आफ्ना तीन फिल्म ‘घामपानी, गोपी र छ माया छपक्कै’ मा चलेका कलाकारसँग काम गरेका उनी नयाँ कलाकारलाई पनि ब्रेक दिनुपर्ने बताउँछन् । 

फिल्मीखबर, काठमाण्डौ, 2021-11-24, बुधवार

दुई वर्ष अगाडि कलाकार नीर शाहले एक कार्यक्रममा भनेका थिए, ‘काठमाडौंका  युवती सलमान खानलाई रुघा लाग्दा पनि रुन्छन् ।’ उनको यो भनाईबाट पनि बुझ्न सकिन्छ कि नेपालमा सलमानको लोकप्रियता कति छ । उनका फिल्मले भारतमा त मात्र होइन, नेपालमा पनि करोडौं छाप्ने गरेको छ । यसैले त नेपालका वितरकहरु उनका फिल्म नेपाल भित्राउन ठूलै दौडधुप गर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-24, बुधवार

कांग्रेसको चौधौं अधिवेशन नजिकिँएसँगै कांग्रेस निकट नेपाली फिल्मकर्मीहरुको पनि दौडधुप सुरु भएको छ । अहिले देशभरबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने काम भइरहेको छ । सात तहको चरण पूरा भएपछि महाधिवेशनबाट केन्द्रीय नेतृत्व निर्वाचित हुने भएकाले नेपाली फिल्मकर्मीहरुले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिइरहेका छन् । केही विजयी पनि भइसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-11-23, मंगलवार

फिल्म ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले दश वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । फिल्म ‘गुड बाई काठमाडौं’ पछि निर्देशनबाट टाढा रहेका उनले नयाँ फिल्म ‘गाउँ आएको बाटो’ बनाउन लागेका हुन् । यो फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरियो । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुने यस फिल्मले राई समुदायको कथा भन्नेछ । 

एजेन्सी, मुम्बई, 2021-11-23, मंगलवार

बलिउड सुपरस्टार आमिर खानले त्यसबेला सबैलाई आश्चर्य पारे जब उनले श्रीमती किरण रावसँँग अचानक डिभोर्सको घोषणा गरे । बैबााहिक जीवनमा बाँधिएको करीब १५ वर्षपछि उनीहरु अलग भएका हुन् । उनीहरुले छोराको पालन पोषणा भने मिलेर गर्ने बताएका छन् । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-11-23, मंगलवार

फिल्म ‘गुञ्जन’ को एक गीत खिच्न निर्माण टिम दुबई पुगेको छ । ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीत छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, नव-नायक प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पालीसहितको टोली दुबई पुगेको हो । निर्माण टिमले छायांकन स्थलबाट सार्वजनिक गरेको तस्विरहरुमा सारा र प्रितम रोमान्टिक अवतार देखिएका छन् ।

Results : 6265 - 6270 of 23769
Most Visited News (monthly)