
एकै मितिमा एकभन्दा बढी फिल्म रिलिज हुनु नेपाली फिल्म क्षेत्रका लागि नौलो कुरा होइन । कोभिडभन्दा अगाडि हरेक हप्ताको शुक्रवार नेपाली फिल्मबीच भाले जुधाई हुँदै आएको थियो । एकै मितिमा तीनवटासम्म फिल्म रिलिज भएका उदाहरण पनि धेरै छन् । वितरकबीच इगोको लडाइँ र निर्माताबीच ‘मेरै फिल्म राम्रो’ भन्ने आत्मविश्वासको लडाइँले फिल्मको भिडन्त हुने गरेको पाइन्छ ।

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् ।

नेपालमा फिल्मको सेन्सर प्रायः प्रदर्शनभन्दा एक/दुई दिन अगाडि मात्र गर्ने प्रचलन छ । सिनेमा हलमा प्रदर्शनका लागि फिल्मको अनिवार्य सेन्सर गर्नुपर्ने भएकाले मेकरहरु फिल्मको सम्पूर्ण काम सकेर रातारात सेन्सरका लागि दौडिन्छन् । नेपालमा सेन्सर पाए भएपछि मात्र फिल्म रिलिज गर्न पाइन्छ । केही निर्माता भने रिलिजको टुंगो नहुँदै फिल्मको सेन्सर गरेर ढुक्कसँग बस्ने गरेका छन् ।

कोरोना संक्रमण मत्थर भएसँगै नेपाली निर्माताहरुले फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सुर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्मातामा झन् मनोबल बढेको छ । तिहारयता आधा दर्जन ठूला फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यसबीच, हरर जनराको फिल्म ‘कठपुतली’ ले पनि प्रदर्शन मिति तोकेको छ ।

कोरोना महामारीका कारण जारी पहिलो चरणको लकडाउन अन्त्यपछि निर्देशक तथा निर्माता मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर २’ को निर्माण घोषणा गर्दै छायांकन सुरु गरेका थिए । फिल्मको ४० प्रतिशत छायांकन पूरा भइसकेको छ । तर, कोरोनाका कारण पुनः बन्दाबन्दी भएपछि फिल्मको छायांकन रोकिएको थियो । बिहीवारबाट चाम्सले फिल्मको बाँकी छायांकन सुरु गरेका छन् ।

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ यसै वर्ष प्रदर्शनमा आउने भएको छ । हिन्दी र नेपाली भाषामा निर्माण भएको फिल्मलाई आउँदो फागुन १३ गते प्रदर्शन गरिने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । एउटा ठूलो चुनौती मोलेर फिल्म रिलिज गर्न लागेको उनको भनाई छ । फिल्मको भारत प्रदर्शन मिति भने केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

