
निर्माणको तयारीमा रहेका दुई फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ को छायांकन सुरु हुने अन्योल भएपछि अभिनेत्री वर्षा राउतले बिहीवार नयाँ फिल्म साइन गरेकी छन् । आगामी पुष दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘लाखे’ मा उनी अनुबन्धित भएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीवार वर्षा राउतसँग ‘पेपर एग्रिमेन्ट’ गरेका हुन् ।

नेपालमा केटा र केटीको विवाह हुनुभन्दा अगाडि दुई जनाको चिना मिल्छ वा मिल्दैन भनेर ज्योतिषलाई हेराएपछि मिल्छ भने मात्र विवाह गर्ने चलन छ । चिना मिल्यो भने बैबाहिक सम्बन्ध दिगो हुन्छ भनिन्छ । अब नेपाली फिल्मका निर्माता र कलाकारहरुले पनि एकअर्काको चिना ज्योतिषलाई देखाएर झगडा हुँदैन भन्ने ग्यारेन्टी भएपछि मात्र फिल्ममा सहकार्य गर्नुपर्ने अवस्था आएको छ ।

दिनेश पाल्पाली (दिन्श) निर्देशित फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत ४ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रालाई फिल्ममा उतारिएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले भन्ने निर्देशक पाल्पालीले बताए ।

अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो । बिहीवार साँझ सार्वजनिक भएको बिहेको तस्विरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् । दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।


फिल्म ‘हमेशा’ बाट नायकको रुपमा डेब्यू गरेका नरेन खड्काले त्यसयता ‘मन्दिरा’, ‘स्वर्ग मेरो गाउँ’, ‘परदेशी’, ‘एउटा यस्तो प्रेम कहानी’ लगायतका फिल्ममा काम गरिसकेका छन् । तर, उनलाई डेब्यू फिल्मबाहेक अरुले सफलताको सुख दिन सकेका छैनन् । लामो समयदेखि एउटा सफल फिल्मको पखाईमा रहेका उनले यसै साता डोल्पामा फिल्म ‘बुलाकी’ को छायांकन सकाएका छन् ।

