Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख २३ मा आउने भयो ‘लक्का जवान’

फिल्मीखबर, काठमाडौं, 2021/12/06
lakka jawan movie
 
कलाकार शिवहरी पौडेलले निर्देशन गरेको पहिलो फिल्म ‘लक्का जवान’ ले प्रदर्शन मिति घोषणा गरेको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते प्रदर्शन हुन नपाएको फिल्मलाई अब आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ । सोमवार वितरकसँगको छलफलपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ । 
 
किरण केसी (ए राता मकैं) कार्यकारी निर्माता रहेको फिल्ममा नाम कहलिएका कलाकारहरुको ठूलो जत्था छ । प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्मको ‘यो होनी तरिका’ गीत हिट भइसकेको छ । फिल्म कमेडी कथामा बनेको छ ।
 
फिल्ममा मित्र डी गुरुङको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । फिल्ममा किरण केसीका अलावा अन्सुया श्रेष्ठ, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ । लामो समय हाँस्यश्रृंखला ‘जिरे खुसार्नी’ को निर्देशन गरेका शिवहरी पौडेलका लागि ‘लक्का जवान’ अग्नी परिक्षा मानिएको छ । 
 

Most Visited News (monthly)