
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो महाअभियानको शुभारम्भ गरेको हो । यस महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ ।

साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पा’ रिलिज हुन अब एक हप्ता पनि बाँकी छैन । तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण भएको फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । फिल्मको हाइप र बलियो स्टारकास्टका कारण रिलिजभन्दा अगावै निर्माताले लगानी उठाएका छन् । फिल्मको डिजिटल राइट्स महंगोमा विक्री भएको छ ।

प्रेम सम्बन्धमा रहेका जोडीले एकअर्कालाई दुई-चार हजारसम्म पर्ने उपहार दिनु सामान्य हो । उपहारले प्रेम सम्बन्धलाई मजबूत बनाउँछ भन्ने गरिन्छ । तर, नेपाली फिल्मका नायक सलिनमान बनियाँ भने आफ्नी प्रेमिकालाई निकै महंगो चिज गिफ्ट गरेका छन् । विगत ८ वर्षदेखि मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा रहेका उनले प्रेमिकालाई महंगो पर्ने गाडी उपहार दिएका हुन् ।

फिल्म ‘फिच्यो’ (कान्छी छोरी) को नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन हुने भएको छ । सिनेमा हलमा प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ,’ उनले भने, ‘हलमा फिल्मको रिलिज माहोल बन्न नसकेकोले पहिला विषेश प्रदर्शन गर्न लागेका हौं ।’

फिल्म ‘क्याप्टेन’ बाट अभिनय करिअर सुरु गरेकी उपासना सिंह ठकुरीलाई पहिलो फिल्मले नै सम्भावना बोकेको अभिनेत्रीको रुपमा उभ्याएको थियो । दोस्रो फिल्म ‘कबड्डी ३’ ले उनलाई सफलताको थप उचाइँमा पुर्यायो । दुई फिल्मबाटै युवापुस्तामा लोभलाग्दो क्रेज बनाएकी उनी अहिले हरेक निर्माता/निर्देशकको पहिलो रोजाई बनेकी छन् । उनलाई फिल्म अफरको कमी छैन ।

नेपालमा अत्यन्त न्यून संख्यामा बन्ने जनरा हो, हरर । प्राविधिक रुपमा नेपालमा हरर फिल्म बनाउन चुनौतीपूर्ण भएकाले पनि निर्माताहरु यो जनरालाई प्राथमिकतामा राख्दैनन् । अर्कोतिर, नेपालमा बनेका हरर जनराका फिल्मले बक्सअफिसमा अपेक्षाकृत सफलता हासिल गर्न सकेका छैनन् । तर, बलिउड र हलिउडका हरर फिल्मले भने नेपालमा राम्रो कमाई गरेका उदाहरण छन् ।

