Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूत-प्रेतप्रति चाहिनेभन्दा बढी विश्वास गर्छु : उषा रजक

फिल्मीखबर, काठमाण्डौ, 2021/12/09
usha rajak
 
अभिनेत्री उषा रजकले फिल्म ‘कठपुतली’ बाट करीब ९ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् । ८ वर्ष किर्गिस्तान बसेर नेपाल फर्किएकी उनलाई यूएनडिपीमा काम गरिरहेको समयमा यो फिल्मबाट प्रस्ताव आएको थियो । स्क्रिप्ट र क्यारेक्टर मन परेपछि उनले तुरुन्तै फिल्ममा अभिनय गर्ने वचन दिएकी थिइन् । ९ वर्षपछि फिल्ममा फर्किएकाले उनी निकै उत्साहित देखिएकी छन् । 
 
बुधवार ट्रेलर सार्वजनिक कार्यक्रममा उषाले आफू यो फिल्ममा आबद्ध हुनुको कारण लेखिका सम्पदा मल्ल रहेको बताइन् । उनी भन्छिन्, ‘मैले यसअघि गरेका प्रोजेक्ट पुरुष मेकरले अफर गर्नुभएको थियो । यो फिल्म महिला मेकरले महिला एक्टरलाई अफर गर्नुभएको हो । यसलाई मैले नयाँ नेपालको रुपमा लिएको छु ।’ हरर जनरामा निर्माण भएको यो फिल्ममा उनी भूत बनेकी छन् ।
 
जीवनमा एउटा पनि हररको फिल्म नहेरेकी उषा आफूलाई भूत-प्रेतप्रति चाहिनेभन्दा बढी विश्वास रहेको बताउँछिन् । ‘म भूत -प्रेत, धामी-झाँक्रीप्रति विश्वास गर्छु । चाहिनेभन्दा बढी नै विश्वास गर्छु । म हरेक विहान भगवानको मन्त्र जप्छु । तर, मलाई भूत-प्रेतदेखि एकदमै डर लाग्छ । यसैले म रातमा ऐना पनि हेर्न सक्दिनँ । मैले आजका दिनसम्म हरर फिल्म पनि हेरेको छैन,’ उनले भनिन् ।
 
उनले ‘कठपुतली’ मा आफू मेकअप विनाको भूत रहेको बताएकी छन् । आफू फेरि सधैंका लागि विदेश नजानुको कारण नेपालमै राम्रो फिल्म बन्न थालेको र कलाकारहरु पनि आर्थिक रुपमा सम्पन्न भइरहेको उनको भनाई छ । यसअघि उनले ‘वान डे’, ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ फिल्मका साथै ‘बाँकी उज्यालो’, ‘अर्को कुरुक्षत्र’ लगायतका नाटकमा समेत अभिनय गरिसकेकी छन् ।
Most Visited News (monthly)