Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6193 - 6198 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-12-14, मंगलवार

हलिउडको बहुप्रतिक्षीत फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ शुक्रवारबाट नेपालका हलमा प्रदर्शनमा आउँदैछ । नेपाली दर्शकमाझ लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको नेपालका मल्टीप्लेक्सहरुमा सोमवारबाटै एडभान्स बुकिङ खुल्ला भइसकेको छ । राजधानीसहित मोफसलका मल्टीप्लेक्सहरुमा सर्वाधिक शोज पाएको फिल्मको एडभान्स बुकिङ निकै आक्रामक देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2021-12-14, मंगलवार

लगनको महिना भनेर चिनिने मंसिर महिनाले अब विदा माग्दैछ । हरेक वर्ष मंसिर महिनामा कोही न कोही कलाकारहरु विवाह बन्धनमा बाँधिने गरेका छन् । यस वर्ष अभिनेत्री रेश्मा घिमिरे, गायिका प्रविशा अधिकारी लगायतले घरजम बसाए । मंसिरले विदा माग्दै गर्दा अभिनेता सलिनमान बनियाँको भने विवाहको चर्चा सुरु हुन थालेको छ । उनी ८ वर्षयता अस्प्रिना श्रेष्ठको प्रेममा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-13, सोमवार

पुष २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ दुई साता पछाडि सरेको छ । अब फिल्म पुष १५ गते (बिहीवार) बाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण टिमले सोमवार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । पुष २ मा साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ नेपाल आउने भएपछि फिल्मको रिलिज दुई साता पछि सरेको हो ।  

फिल्मीखबर, काठमाडौं, 2021-12-13, सोमवार

कुनै समय फिल्म अभिनयमा आफूलाई व्यस्त राखेकी अभिनेत्री निशा अधिकारीले सन्तान भएपछि अभिनयलाई निरन्तरता दिन सकेकी थिइनन् । विवाहपछि आफ्नै लगानीमा फिल्म ‘झ्यानाकुटी’ समेत निर्माण गरेकी उनी अब फिल्म ‘म’ बाट अभिनयमा फर्किने तयारीमा छिन् । सोमवार कान्तिपुर फिल्म एकेडेमीमा आयोजित फिल्मको शुभ साइतमा उनी उपस्थित भएकी थिइन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-13, सोमवार
विगत लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘म’ को शुभ साइत गरिएको छ । सोमवार एकेडेमीकै परिसरमा फिल्मको शुभ साइत गर्दै पुष ११ गतेबाट छायांकन सुरु हुने जानकारी गराइयो । फिल्मको २ वर्ष अगाडि नै घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन । 
फिल्मीखबर, काठमाडौं, 2021-12-13, सोमवार

अभिनेत्री तथा मोडल नम्रता सापकोटा ओशो सन्यासी बनेकी छन् । नागर्जुनस्थित ओशो तपोवनमा पुगेर उनी सन्यासी बनेकी हुन् । उनले रातो रंगको गेरु बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको एक तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै ‘प्रेम लक्ष्य हो...जीवन यात्रा हो...ओशो’ भनेर लेखेकी छन् । सन्यासी बनेसँगै उनले आफ्नो घाँटीमा ओशो अंंकित माला समेत लगाएकी छन् ।

Results : 6193 - 6198 of 23769
Most Visited News (monthly)