Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘आरआरआर’ को दमदार ट्रेलर

एजेन्सी, मुम्बई, 2021/12/09
rrr
 
‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौलीको एक्सन-थ्रिलर फिल्म ‘आरआरआर’ (राइज रोर रिवोल्ट) को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट १५ सेकेण्ड लामो ट्रेलरमा जबरजस्त एक्सन सिन देखाइएको छ । फिल्मको कहानी तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राज र कोमाराम भीममाथि आधारित छ । यस फिल्ममा राम चरण र जूनियर एनटीआर मुख्य भूमिकामा छन् ।
 
तीन मिनटको ट्रेलरमा अजय देवगन र आलिया भट्‌टलाई केही सेकेन्डको मात्र ‘स्क्रिन स्पेश’ मिलेको छ । फिल्मको कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । २०२२ को ७ जनवरी (माघ २४) बाट प्रदर्शनमा आउने फिल्मको बजेट ४ सय करोड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा श्रिया सरन अलिविया मोरिस, रे स्टीवेन्सन, एलिसन डूडीको पनि अभिनय छ । 
 
‘आरआरआर’ बहुभाषी फिल्म हो । यो फिल्म हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ । नेपालमा समेत निकै प्रतिक्षीत रहेको यो फिल्मले भारतमा मात्र प्रदर्शनको पहिलो दिन ८० करोडभन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । साउथ र बलिउड कलाकारको मिश्रण रहेको यस फिल्मले प्रदर्शनभन्दा अगावै थिएट्रिकल राइट्सबाट लगानी उठाइसकेको छ ।
 

Most Visited News (monthly)