
जनवरी ७, २०२२ मा रिलिज हुन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ लाई आउँदो वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको छ । रिलिजको पहिलो दिन भारतमा मात्र फिल्मले ८० करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ । हिन्दी, तमिल, तेलुगू, मलालयम, कन्नड र अंग्रेजी भाषामा रिलिज हुने फिल्मलाई ‘बाहुबली’ निर्देशक एस.एस. राजमौलीले निर्देशन गरेका हुन् ।

नेपाली फिल्मको प्रदर्शन मिति विरालोले छाउरा सारे जसरी सरिरहनु नौलो होइन । हलिउड र बलिउडका ठूला फिल्म आउँदा नेपाली फिल्मलाई तोकेको मितिबाट पछाडि हट्नुको विकल्प हुँदैन । किनकि, विदेशी फिल्मसँग भिड्दा नेपाली फिल्मले हल पाउँदैन । त्यसमाथि दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने गरेकाले पनि नेपाली निर्माता विवश भएर हात बाँधेर बस्नु पर्छ ।

पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि पहिलो ट्रेलर सार्वजनिक गर्दा निर्माण टिमले दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भए पनि ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा भने तर्साउने दृश्यहरु समावेश छन् ।

पुष १५ गतेलाई प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ फेरि दुई साता पछाडि सरेको छ । साउथ फिल्म ‘पुष्पा’ र हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ को डरले पुष २ गतेबाट पुष १५ मा पुगेको यो फिल्म अब पुष ३० गतेबाट प्रदर्शनमा आउनेछ । आइतवार नेपाल चलचित्र संघमा एक निवेदन दिँदै निर्माता अर्जुन कुमारले फिल्मको रिलिज सारेको जानकारी दिए ।

बन्जी जम्पिङ र स्विङका लागि प्रख्यात मानिएको पर्वत जिल्लाको कुश्मामा प्रथम ‘धौलागिरी चलचित्र महोत्सव’ आयोजना भएको छ । पुषको ७ गतेदेखि १० गतेसम्म कुश्मास्थित सिद्धेश्वर चलचित्र मन्दिरमा भएको महोत्सवमा धौलागिरी क्षेत्र (पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ) बाट बनेका ३५ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

२०७६ सालको पुष १० गते अमेरिकामा पहिलो सन्तानको रुपमा छोरी (काया) लाई जन्म दिएकी ‘चपली हाइट’ गर्ल विनिता बराल फेरि आमा बन्न लागेकी छन् । क्रिसमसको अवसरमा आइतवार आफ्नो फेसबुकमा बेबी बम्पसहितको एक तस्विर पोस्ट गर्दै आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि उल्लेख गरेकी छन् ।

