Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ मा कसको पारिश्रमिक कति ?

एजेन्सी, मुम्बई, 2021/12/27
RRRMovie
 
जनवरी ७, २०२२ मा रिलिज हुन लागेको साउथको बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ लाई आउँदो वर्षको सबैभन्दा ठूलो रिलिज मानिएको छ । रिलिजको पहिलो दिन भारतमा मात्र फिल्मले ८० करोडमाथिको व्यापार गर्ने अनुमान गरिएको छ । हिन्दी, तमिल, तेलुगू, मलालयम, कन्नड र अंग्रेजी भाषामा रिलिज हुने फिल्मलाई ‘बाहुबली’ निर्देशक एस.एस. राजमौलीले निर्देशन गरेका हुन् । 
 
फिल्ममा साउथका सुपरस्टारदेखि बलिउडका नाम चलेका कलाकारसम्मको अभिनय छ । साउथ सुपरस्टार जूनियर एनटीआर र रामचरण मुख्य भूमिकामा रहेको फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्टले अतिथी भूमिकामा अभिनय गरेका छन् । यो फिल्ममा अभिनय गर्न साउथदेखि बलिउड कलाकारले ठूलो माटो पारिश्रमिक बुझेको भारतीय मिडियामा चर्चा भइरहेको छ । 
 
फिल्मका लागि रामचरणले ४५ करोड भारु पारिश्रमिक लिएका छन् भने जूनियर एनटीआरले ४० देखि ४५ करोडको बीचमा पारिश्रमिक लिएको बताइएको छ । त्यस्तै, अजय देवगनलाई निर्माण टिमले २५ करोड र आलिया भट्टलाई ९ करोड पारिश्रमिक दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । निर्देशक राजामौलीले भने फिल्मको कमाईको ३० प्रतिशत मुनाफा पाउनेछन् । 
Most Visited News (monthly)