Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कठपुतली’ सँग भिड्न पुगेको ‘चपली हाइट ३’ फेरि सर्‍यो

फिल्मीखबर, काठमाडौं, 2021/12/26
पुष १५ गतेलाई प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ फेरि दुई साता पछाडि सरेको छ । साउथ फिल्म ‘पुष्पा’ र हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ को डरले पुष २ गतेबाट पुष १५ मा पुगेको यो फिल्म अब पुष ३० गतेबाट प्रदर्शनमा आउनेछ । आइतवार नेपाल चलचित्र संघमा एक निवेदन दिँदै निर्माता अर्जुन कुमारले फिल्मको रिलिज सारेको जानकारी दिए ।
 
chapali hight 3
 
गत असोज २१ गतेबाट हलहरु खोल्दै गर्दा नेपाल चलचित्र संघले तीन महिना (पुष २१ गते) सम्म लागू हुने गरी दुई हप्ताको अन्तरमा नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेको थियो । तर, पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ भन्दा एक दिन अगाडि ‘चपली हाइट ३’ आउने भएपछि निर्माता कुमारलाई फिल्मको रिलिज सार्न चलचित्र संघले दबाब दिएको थियो ।
 
आइतवार नेपाल चलचित्र संघले ‘कठपुतली’ र ‘चपली हाइट ३’ का निर्मातालाई एउटै टेवुलमा राखेर छलफल गराएपछि अर्जुन कुमारले फिल्मको रिलिज सार्ने निवेदन संघमा बुझाएका हुन् । उनले चलचित्र संघको निर्णयको सम्मान गर्दै बाध्य भएर आफूले फिल्मको रिलिज सारेको बताए । अब पुष ३० मा यो फिल्मको भिडन्त साउथ सुपरस्टार प्रभासको फिल्म ‘राधे श्याम’ सँग हुनेछ । 
 
नेपाल चलचित्र संघले पुष २१ गतेसम्म लागू हुने गरी बनाएको नियम र सुविधा (दुई हप्ताको अन्तरमा नेपाली फिल्म रिलिज गर्ने, हलमा निःशुल्क ट्रेलर र ब्यानर राख्ने, निर्मातालाई पहिलो हप्ता ५५ प्रतिशत शेयर दिने) आउँदो बैशाख १ गतेसम्मलाई लम्बाएको छ । संघका महासचिव अशोक शर्माले फिल्मको रिलिज मिति घोषणा गर्दा संघमा निवेदन दिन निर्मातालाई आग्रह गरेका छन् ।
Most Visited News (monthly)