Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कठपुतली’ को दोस्रो ट्रेलरमा तर्साउने दृश्य

फिल्मीखबर, काठमाडौं, 2021/12/26
kathaputali
 
पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । तीन हप्ता अगाडि पहिलो ट्रेलर सार्वजनिक गर्दा निर्माण टिमले दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने घोषणा गरेको थियो । पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भए पनि ट्रेलरको चौतर्फी तारिफ भइरहेको छ । दोस्रो ट्रेलरमा भने तर्साउने दृश्यहरु समावेश छन् ।
 
दोस्रो ट्रेलर हेर्दा फिल्मको मूल कथा नायक कर्माको वरीपरी घुमेको बुझ्न सकिन्छ । विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथालाई ट्रेलरमा देखाइएको छ । २ मिनेट ९ सेकेण्डको ट्रेलरमा कर्माको अभिनयले ध्यान खिच्छ । ट्रेलरमा ब्याकग्राउन्ड स्कोर स्तरीय छ ।
 
भिमसेन लामाको निर्देशनमा बनेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, ध्रुव कोइराला, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । हरर जनरामा निर्मित फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।
 
हेर्नुहोस् ट्रेलर :-
 

Most Visited News (monthly)