Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ निर्माताको चिन्ता- ‘अब २० दिन के गरेर बस्नु ?’

फिल्मीखबर, काठमाडौं, 2021/12/27
नेपाली फिल्मको प्रदर्शन मिति विरालोले छाउरा सारे जसरी सरिरहनु नौलो होइन । हलिउड र बलिउडका ठूला फिल्म आउँदा नेपाली फिल्मलाई तोकेको मितिबाट पछाडि हट्नुको विकल्प हुँदैन । किनकि, विदेशी फिल्मसँग भिड्दा नेपाली फिल्मले हल पाउँदैन । त्यसमाथि दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने गरेकाले पनि नेपाली निर्माता विवश भएर हात बाँधेर बस्नु पर्छ ।
 
पुष २ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ यही मितिमा साउथ फिल्म पुष्पा’ र हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ नेपाल आएपछि पुष १५ मा पुगेको थियो । तर, गत असोज २१ गते नेपाल चलचित्र संघले हल खोल्ने निर्णय गर्दै तीन महिनासम्म एकै मितिमा नेपाली फिल्म भिड्न नपाउने नियम बनाएका कारण यो फिल्म फेरि दुई हप्ता पछाडि सरेको छ । 
 
arjun kumar
 
पुष १६ मा फिल्म ‘कठपुतली’ रिलिज हुन लागेकाले एक दिन अगाडि ‘चपली हाइट ३’ रिलिज नगर्न नेपाल चलचित्र संघले गरेको आग्रह स्वीकार गर्दै निर्माता अर्जुन कुमार दुई हप्ता पछाडि सर्न तयार भएका हुन् । आइतवार चलचित्र संघमा आयोजित पत्रकार सम्मेलनमा उनी गम्भीर र आक्रोशित मुद्रामा देखिएका थिए । उनले आफू बाध्य भएर पुष ३० मा रिलिज सरेको जानकारी दिए । 
 
तर, पत्रकार सम्मेलन आयोजना हुनुभन्दा अगाडि संघको सभा हल बाहिर उनले पत्रकारहरुसँग नेपाली फिल्म बनाउने निर्माताहरु ‘महामूर्ख’ रहेको र अब नेपालमा हिन्दी फिल्मभन्दा साउथको हिन्दी डब फिल्म बढी रिलिज हुने भन्दै नेपाली निर्माताले पुर्पुरोमा हात राखेर बस्नुको विकल्प नभएको बताए । नेपाली फिल्म क्षेत्रमा अब विकराल अवस्था आउने पनि अर्जुनले दाबी गरेका छन् ।
 
संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा भने केही शान्त देखिएका उनले ‘कठपुतली’ लाई बढी शो दिएर आफूलाई कम शो दिन आग्रह गर्दा पनि कुरा नमिलेकोमा दुखेसो पोखे । उनले भने, ‘८० प्रतिशत शो ‘कठपुतली’ लाई दिएर मलाई २० प्रतिशत दिनुभन्दा पनि कुरा मिलेन । अब मैले २० दिन के गर्नु ? फिल्मको फोटोसमेत सकिसक्यो । मेरो मनको पीडा कसलाई पोख्नु ?’ 
Most Visited News (monthly)