Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6139 - 6144 of 23769
फिल्मीखबर, काठमाडौं, 2021-12-29, बुधवार
नेपाली फिल्मका पुराना निर्माता तथा निर्देशक हुन्, पृथ्वी राना मगर । ‘हंगामा’ र ‘परेनी माया जालैमा’ गरी दुई फिल्मको निर्माण गरेका उनी लामो समयदेखि हङकङमा विभिन्न व्यवसाय गर्दै आएका छन् । उनले निर्माण गरेको नयाँ फिल्म ‘कठपुतली’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भिमसेन लामाले निर्देशन गरेको फिल्ममा उनको २ करोड ३ लाख रुपैयाँ लगानी भएको छ । 
फिल्मीखबर, काठमाडौं, 2021-12-29, बुधवार

नेपाली फिल्मका लोकप्रिय नायक राजेश हमाललाई लिएर बलिउड फिल्म बनाउने तयारी गरिएको छ । भारतीय निर्माता राजेश चौधरीले उनलाई लिएर बलिउड फिल्म बनाउने योजना बनाएका हुन् । फिल्मभन्दा अगाडि हमालसँग उनको एउटा हिन्दी गीतमा सहकार्य हुनेछ । निर्माता चौधरीले निर्माण गरेको हिन्दी गीतको भिडियो सार्वजनिक गर्न यतिबेला नायक हमाल मुम्बईमा छन् ।

एजेन्सी, मुम्बई, 2021-12-28, मंगलवार

एक समय हिन्दी फिल्मका सबैभन्दा ठूलो सुपरस्टारको रुपमा चिनिने दिवंगत अभिनेता राजेश खन्नाको जीवनीमा फिल्म निर्माण हुने भएको छ । बलिउडकी चर्चित कोरियोग्राफर तथा ‘ओम शान्ति ओम’, ‘मैं हूं ना’ र ‘ह्याप्पी न्यू ईयर’ जस्ता सफल फिल्मकी निर्देशक फराह खानले राजेश खन्नाको बायोपिक फिल्मको निर्देशन गर्नेछिन् भने निर्माता निखिल द्विवेदीको लगानी रहनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-28, मंगलवार

यही शुक्रवार (पुष १६ गते) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कठपुतली’ मा मुख्य भूमिकामा अभिनय गरेकी मिथिला शर्माले फिल्मको कथा अर्गानिक रहेको बताएकी छन् । रिलिजको पूर्व सन्ध्यामा मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले हिजोका दिनदेखि आजसम्म भोगिरहेको कथालाई नै उठाएकाले दर्शकलाई फिल्म मनपर्ने विश्वास व्यक्त गरिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2021-12-28, मंगलवार

निर्माता छविराज ओझासँग सम्बन्ध विक्षेद भएपछि विगत एक दशकदेखि एकल जीवन विताउँदै आएकी ‘लेडी सुपरस्टार’ रेखा थापालाई केही वर्षयता विवाहको प्रश्नले लखेटिरहेको छ । आफन्तसँग भेट हुँँदा होस् वा मिडियामा अन्तर्वार्ता दिँदा नै किन नहोस्, उनलाई विवाहको प्रश्न अनिवार्य आउँछ । अचेल भने उनले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2021-12-28, मंगलवार

नेपाली फिल्म क्षेत्रमा कलाकारले आफ्नो मेहनतको पारिश्रमिक नपाएको गुनासो बेला-बेला सुन्नमा आउने गरेका छन् । हालै फिल्म ‘चपली हाइट ३’ का कलाकार अमिर गौतमले जाडोको मौसममा पानीले रुझेर काम गरेको फिल्मबाट पनि पारिश्रमिक नपाएको गुनासो पोखेका थिए । नेपालमा प्रायः कलाकारले फिल्म रिलिजको वर्षौंसम्म आफ्नो पारिश्रमिक नपाएका कयैन् उदाहरण छन् । 

Results : 6139 - 6144 of 23769
Most Visited News (monthly)