
पछिल्लो समय नेपाली कलाकारहरुलाई आम्दानीको स्रोत जटाउन फिल्ममै भर गर्नुपर्ने अवस्था छैन । फिल्मसँगै म्यूजिक भिडियो, ब्रान्ड एम्बास्डर र विभिन्न व्यवसायको उद्घाटन गरेर पनि उनीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । चलेका कलाकारलाई ठूला व्यवसायीक घरानाले आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डर नियुक्त गर्न र व्यवसायको उद्घाटन गराउन ठूलो रकम खर्चिने गर्दछन् ।

कबीर खान निर्देशित फिल्म ‘८३’ शुक्रवारबाट प्रदर्शनमा आइसकेको छ । कोरोनाका कारण दुई वर्ष अड्किएको फिल्मलाई समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । फिल्ममा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गरेका छन् । तर, यो फिल्मका लागि उनी पहिलो रोजाई थिएनन् । पहिला नायक अर्जुन कपूरको नाम फिल्मका लागि सिफारिस भएको थियो ।

‘क्याप्टेन, ऐश्वर्य’ लगायतका फिल्ममा आफ्नो निर्देशकिय कौशल प्रस्तुत गरिरहेका दीवाकर भट्टराई नयाँ फिल्ममा आबद्ध भएका छन् । क्रिसमसको अवसर पारेर शनिवार उनले निर्देशन गर्ने नयाँ फिल्म ‘हनी बनी’ को घोषणा गरिएको छ । सम्पूर्ण छायांकन यूकेमा हुने फिल्मका लागि कलाकारहरु भने छनोट भइसकेका छैनन् । अडिसनबाट कलाकार छान्ने तयारीमा निर्माण टिम छ ।

अभिनेत्री स्वस्तिमा खड्कापछि आँचल शर्माले पनि साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशनमा निर्माण भएको फिल्म ‘हेल्लो जिन्दगी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहीवार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत ११ गते (२५ मार्च २०२२) लाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा विक्रम डि जोशी, दीपिका प्रसाइँ, प्रियंका कार्की, विल्सन बिक्रम राई र विक्रान्त बस्नेत देखिएका छन् ।

अघिल्लो हप्ता प्रदर्शनमा आएका दुई ठूला विदेशी फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’ को हिन्दी डबले नेपालका सिनेमा हलमा अझै आफ्नो दबदबा बनाइराखेको छ । सिंगल थिएटरमा औसत चलेका यी दुई फिल्मले मल्टीप्लेक्सहरुमा भने दर्शकको अभाव खेप्नु परेको छैन । पहिलो हप्ता सर्वाधिक शो पाएका दुवै फिल्मलाई दोस्रो हप्तामा पनि उल्लेख्य संख्यामा शो मिलेको छ ।

