Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेरि आमा बन्दै विनिता

फिल्मीखबर, काठमाण्डौ, 2021/12/26
Beenita Baral
 
२०७६ सालको पुष १० गते अमेरिकामा पहिलो सन्तानको रुपमा छोरी (काया) लाई जन्म दिएकी ‘चपली हाइट’ गर्ल विनिता बराल फेरि आमा बन्न लागेकी छन् । क्रिसमसको अवसरमा आइतवार आफ्नो फेसबुकमा बेबी बम्पसहितको एक तस्विर पोस्ट गर्दै आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि उल्लेख गरेकी छन् । 
 
फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि एकाएक चर्चामा आएकी विनिताले त्यसयता ‘फूल स्पट, सुपरहिट, उमंग’ लगायतका फिल्ममा अभिनय गरेता पनि अपेक्षाकृत सफलता हासिल गर्न सकिनन् । लगातार एकपछि अर्को फिल्म असफल हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, तरकारी खेती पनि उनका लागि फलदायी सावित हुन सकेन । 
 
फिल्म र तरकारी खेतीबाट निराश भएर अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका हानिएकी उनले बीचमा आफैंले लेखेको ‘जुइनो’ नामक पुस्तक बजारमा ल्याएकी थिइन् । अमेरिका बसाईकै क्रममा तिलक पौडेलको प्रेममा डुबेकी उनले २०७६ सालमा लगनगाँठो कसेकी थिइन् । अमेरिका उडेपछि उनी अभिनयमा फर्किएकी छैनन् । उनी अहिले गृहस्थी जीवन विताइरहेकी छन् । 
Most Visited News (monthly)