

एक समयका चल्तीका नायक रमित ढुंगाना विगत लामो समयदेखि अभिनयमा सक्रिय छैनन् । पछिल्लो पटक आफैंले निर्माणमा गरेको फिल्म ‘बुद्ध बर्न इन नेपाल’ मा अभिनय गरेका उनी फेरि एक पटक फिल्म निर्माण गर्न कस्सिएका छन् । उनले एसिड आक्रमणमा परेकी विरगञ्जकी मुस्कान खातुनको जीवनमाथि फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम ‘मुस्कान’ राखिएको छ ।


शुक्रवारबाट प्रदर्शनमा आएको साउथ सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । हिन्दी डबमा समेत राम्रो कमाई गरिरहेको फिल्मले तमिल, तेलुगू, कन्नड र मलालयम भाषामा रेकर्ड ब्रेक व्यापार गरेको छ । प्रदर्शनको चार दिनमा फिल्मले भारतमा मात्र १ सय २० करोड भारुको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिनयमा पारंगत मानिने भर्सटायल नायक कर्माले पहिलो पटक हरर जनरामा अभिनय गरेको फिल्म ‘कठपुतली’ यही पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यसअघि सस्पेन्स-थ्रिलर फिल्ममा काम गरेता पनि पहिलो पटक हरर फिल्ममा काम गर्दा बेग्लै अनुभव र अनुभूति भएको उनी बताउँछन् । हरर जनरामा यो फिल्म हलिउड स्तरको बनेको उनको दाबी छ ।

नेपालमा आयोजना हुने प्रायः फिल्म महोत्सवहरु शहर (काठमाडौं) केन्द्रित भइरहेको अवस्थामा सेलिब्रेटी नेपालले पहिलो पटक गाउँमा फिल्म महोत्सवको आयोजना गर्ने भएको छ । पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने लक्ष्यसहित ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ (नेरुफ) आयोजना गर्न लागिएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।

