Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6067 - 6072 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-01-18, मंगलवार

विवाहअघि अभिनेत्री प्रियंका कार्कीको फिल्ममा व्यस्तता सुखद् थियो । श्रीमान् तथा अभिनेता आयुष्मान देशराज जोशीसँग उनले लगातार फिल्ममा अभिनय गर्दै आएकी थिइन् । विवाह बन्धनमा बाँधिए लगत्तै देश कोरोना महामारीले लकडाउन भएपछि उनी घरभित्रै सीमित भइन् । पहिलो चरणको लकडाउनपछि उनले केही म्यूजिक भिडियोमा अभिनय गरे पनि फिल्म भने हातमा परेन ।

फिल्मीखबर, काठमाण्डौ, 2022-01-18, मंगलवार

चकलेटी नायक आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । ‘डेस्टिनेशन काठमाडौं, ब्ल्याक, निर्भय’ जस्ता फिल्मका निर्देशक मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा उनी मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । सोमवार दुवै पक्षबीच कागजी सम्झौता भएको छ । टाइटल गोप्य राखिएको फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए ।

एजेन्सी, मुम्बई, 2022-01-17, सोमवार

साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ ले भारतमा आक्रामक कमाई गर्‍यो । हिन्दी भर्सनमा मात्र फिल्मले ८० करोडभन्दा बढीको कमाई गरेको छ । संसारभर साढे ३ सयभन्दा बढीको कमाई गरेको फिल्मले नेपालमा पनि हल बन्द हुनुभन्दा अगाडि आक्रामक कमाई गरिरहेको थियो । यो फिल्मले अल्लू अर्जुनको स्टारडम थप उचाइँमा पुर्‍याएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-17, सोमवार

नेपाली फिल्मको एउटा सिंगो युग हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । उनको आगमनपछि नेपाली फिल्मले व्यवसायिक रुपमा सानदार फड्को मारेको थियो । ‘बाँसुरी, कुसुमे रुमाल, अन्याय, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया’ जस्ता अजम्बरी र कालजयी फिल्म दिएका उनी निर्देशकसँगै सम्पादक, छायाँकार, पटकथाकार र अभिनेता समेत हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-17, सोमवार

कोरोना महामारीका कारण तेस्रो पटक सिनेमा हलहरु बन्द भएका छन् । माघ १५ गतेसम्मलाई सरकारले सोमवारबाट हलहरु बन्द गर्ने निर्णय गरेको हो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन दिएसँगै फिल्म निर्माण पनि रोकिएको छ । यसअघि दुई वर्ष फिल्म सम्बन्धि काम ठप्प हुँदा घरमै सीमिति भएका कलाकारहरु फेरि फुर्सदिलो हुनु पर्ने अवस्था आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-01-16, आईतवार

कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले सिनेमा हलहरु पुनः बन्द गर्ने निर्णय गरेको छ । आइतवार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म हलहरु सञ्चालन गर्न नपाउने बताएका हुन् । सरकारले दोहोरी साँझ, क्लब, पब, हेल्थ क्लब, जिमखाना लगायत पनि बन्द गर्ने निर्णय गरेको छ । 

Results : 6067 - 6072 of 23769
Most Visited News (monthly)