
कोरोना महामारीको तेस्रो लहरका कारण भारतको कयौं राज्यका सिनेमा हलहरु बन्द भएपछि ‘जर्सी’, ‘आरआरआर’, ‘राधे श्याम’ जस्ता फिल्मको रिलिज पोस्टपोन्ड भए । नेपालमा पनि यी फिल्मको ठूलो प्रतिक्षा थियो । भारतीय फिल्मको रिलिज रोकिँदा नेपाली फिल्मलाई भने राहत मिलेको छ । अब नेपाली फिल्मले मल्टीप्लेक्समा राम्रो शो पाउनेछन् भने विदेशी फिल्मको डर रहने छैन ।


चार वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ समीक्षात्मक र व्यापारिक दुवै हिसाबले सफल ठहरिएको थियो । फिल्मले उठान गरेको विषयले दर्शकको मस्तिष्क मात्र हल्लाएन, सोच्न पनि बाध्य बनायो । अभिनेत्री मिथिला शर्मा र अभिनेता पुष्प खड्काको अभिनयले जीवन्त बनाएको फिल्मले यतिबेला यूट्युबमा प्रशंसा कमाइरहेको छ । दर्शकले सिक्वेलको व्यापक माग गरेका छन् ।

नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । 'एनिमल' टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताईएको छ ।


बलिउड इन्डस्ट्रीको नव-विवाहित जोडी कटरीना कैफ र विक्की कौशल यतिबेला चर्चाको केन्द्रमा छन् । गत महिना डिसेम्बरमा विवाह बन्धनमा बाँधिएको यो जोडी काममा फर्किसकेको छ । अहिले कटरीना फिल्म ‘टाइगर ३’ को छायांकन गरिरहेकी छन् भने विक्की सारा अली खानसँग एक फिल्मको छायांकनमा व्यस्त छन् । यी दुवैलाई एकसाथ फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ ।

