Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6055 - 6060 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2022-01-21, शुक्रवार

नेपाली फिल्ममा निर्देशक तुलसी घिमिरेको योगदान अतुलनीय छ । उनको नामबिना नेपाली फिल्म नै अधुरो र अपुरो हुने गर्छ । दयनीय अवस्थाबाट गुज्रिएको नेपाली फिल्मलाई उनको आगमनले जीवन दिएको थियो । ‘कुसुमे रुमाल, चिनो, लाहुरे, दक्षिणा, अन्याय, बलिदान, देवता, दर्पण छाँया’ लगायतका फिल्ममा मौलिक कथा पस्किएर उनले नेपाली फिल्मको रुपरंग नै बदलिदिए ।

फिल्मीखबर, काठमाडौं, 2022-01-21, शुक्रवार

अभिनेता भुवन केसीले नेपाली फिल्मकर्मीलाई सरकारले पिँजडाभित्र थुनेर राखेको बताएका छन् । एक टिभी शोमा उनले नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सरकारले कुनै सुविधा नदिएको र राष्ट्रिय चलचित्र नीति लागू नगरेर फिल्मकर्मीलाई पिँजडाभित्र थुनेर राखेको बताएका हुन् । राष्ट्रिय चलचित्र नीति लागू भए आफूहरु विदेशी फिल्महरुसँग भिड्न तयार रहेको पनि उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-20, बिहिवार

केही समय अगाडि अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर मिडियामा विभिन्न खाले समाचारहरु आएका थिए । एक गीतको सुटिङको क्रममा उनीहरु ‘रिल’ बाट ‘रियल’ जोडी बनेको चर्चा चलेको थियो । तर, पछि पल र समीक्षा दुवैले यो कुराको खण्डन गरे । समीक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै पल शाह आफ्नो अभिभावक रहेको बताएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-20, बिहिवार

सन् २०११ मा मिस नेपालको ताज जितेपछि सन् २०१४ मा फिल्म ‘ऋतु’ बाट अभिनय करिअर सुरु गरेकी मलिना जोशीले ‘झुम्की, द विनर, रानी, संरक्षण, तिमी हुन्छौं जहाँ जहाँ’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको फिल्मी करिअर सुखद् बन्न सकेको छैन । न त उनले आफूलाई अभिनेत्रीको रुपमा नै स्थापित गर्न सकेकी छन् । केही वर्षयता उनी फिल्मविहीन छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-01-20, बिहिवार

अभिनेत्री अदिती बुढाथोकीको बसाई नेपालभन्दा ज्यादा भारतको मुम्बईमा हुने गर्छ । फिल्म ‘कृ’ बाट अभिनयमा डेब्यू गर्नुभन्दा अगावैदेखि उनी मुम्बईमा गरेर मोडलिङ गर्दै आएकी थिइन् । उनको उद्देश्य बलिउड फिल्ममा प्रवेश गर्नु भए पनि म्यूजिक भिडियोमै चित्त बुझाइरहेकी छन् । यद्यपि, उनले भारतका चर्चित गायकहरुको स्वरमा रहेको गीतमा अभिनय गरिसकेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-20, बिहिवार

अभिनेत्री रेखा थापाले करिअरको उत्कर्षमा रहँदा आफूलाई फिल्म ‘हिरो’ बाट ब्रेक दिने निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् । करीब एक दशक उनीहरुले एउटै घरको छतमुनी श्रीमान्-श्रीमतीको रुपमा जीवन विताए । तर, घरायसी र व्यवसायिक कुरामा मतभेद हुन थालेपछि उनीहरुले वैवाहिक जीवन टुंग्याउने निर्णय गरे । त्यसयता रेखाले एक्लो जीवन काट्दै आएकी छन् ।

Results : 6055 - 6060 of 23769
Most Visited News (monthly)