Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र वर्षा भन्छन्, ‘कोरोनाले कलाकारलाई ठूलो घाटा भयो’

फिल्मीखबर, काठमाडौं, 2022/01/17
keki adhikari and barsha raut
 
कोरोना महामारीका कारण तेस्रो पटक सिनेमा हलहरु बन्द भएका छन् । माघ १५ गतेसम्मलाई सरकारले सोमवारबाट हलहरु बन्द गर्ने निर्णय गरेको हो । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन दिएसँगै फिल्म निर्माण पनि रोकिएको छ । यसअघि दुई वर्ष फिल्म सम्बन्धि काम ठप्प हुँदा घरमै सीमिति भएका कलाकारहरु फेरि फुर्सदिलो हुनु पर्ने अवस्था आएको छ ।
 
आइतबार फिल्म ‘चपली हाइट ३’ हेर्न हल पुगेकी अभिनेत्री केकी अधिकारी फिल्म हेरेर निस्किँदा हल बन्द भएको निर्णय सुनेपछि निराश देखिएकी थिइन् । कोरोनाले आफ्नो पुस्ताका कलाकारहरुलाई ठूलो असर गरेको उनको भनाई छ । उनले भनिन्, ‘अब कतिवटा फिल्म बन्छन् र कतिवटामा अभिनय गर्ने ? आफैं फिल्म निर्माण गर्न थाल्ने कि भन्ने अवस्थामा हाम्रो जेनेरसन पुगेको छ ।’
 
केकीसँगै फिल्म हेरेर निस्किएकी अभिनेत्री वर्षा राउतले पनि कोरोना महामारीका कारण कलाकारहरुलाई ठूलो घाटा भएको बताएकी छन् । कोरोनाले गर्दा दुई वर्षदेखि आफूले फिल्मको छायांकन गर्न नपाएको बताउँदै उनले तीन वर्ष अगाडि तयार भएको स्क्रिप्टमा परिवर्तन आउने भएकाले साइन गरेको फिल्ममा अहिले आफैं ‘छ कि छैन’ भन्ने समेत जानकारीमा नभएको बताइन् । 
 
उनले भनिन्, ‘कोरोना महामारीभन्दा अगाडि मैले एक फिल्मको छायांकन गरिरहेको थिएँ । त्यो रोकियो । मैले काम गर्ने केही फिल्मको घोषणा पनि भइसकेको छ । यत्तिका समय काम नहुँदा स्क्रिप्टमा पनि परिवर्तन आउँछ । म छु कि छैन आफैंलाई थाहा छैन । तीन वर्ष अगाडि तयार भएको स्क्रिप्टमा परिवर्तन आउनु पनि पर्छ । त्यसकारण कोरोनाले घाटा चाहिँ ठूलै पुर्‍याएको छ ।’ 
Most Visited News (monthly)