Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6079 - 6084 of 23769
फिल्मीखबर, काठमाडौं, 2022-01-14, शुक्रवार

कोरोना महामारीका कारण दुई वर्ष बन्द भएर यसपालीको दशैंबाट खुलेका हलहरुमा विदेशी फिल्मले एकछत्र राज गरिरहेका छन् । ‘सूर्यवंशी’, ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’ ले हलमा आउन दर्शक डराउँदैनन् भन्ने प्रमाणित गर्‍यो । उता, नेपाली फिल्म ‘कठपुतली’ ले पनि आशाको किरण छर्‍यो । यसबीच, शुक्रवारबाट नेपाली फिल्म ‘चपली हाइट ३’ ले प्रदर्शन थालनी गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-01-14, शुक्रवार

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । अघिल्लो हप्ता नै सार्वजनिक गर्ने तयारी गरिएको टिजर विभिन्न कारणले रोकिएको थियो । ज्योतिषको सल्लाह अनुसार, निर्माण टिमले शुक्रवार बिहान १०ः३५ बजे टिजर सार्वजनिक गरेको हो । टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ ।

एजेन्सी, मुम्बई, 2022-01-13, बिहिवार

नेपालमा छायांकन भएको साउथ (मलयालम) फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्ड लम्बाईको ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । फिल्ममा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त छ । 

एजेन्सी, मुम्बई, 2022-01-13, बिहिवार

अभिनेता शाहिद कपूर र अभिनेत्री अमृता रावको करिअरकै सर्वोत्कृष्ट फिल्म मानिन्छ, ‘विवाह’ । राजश्री प्रोडक्सनको फेमिली ड्रामामा यो जोडीको केमेस्ट्री निकै रुचाइएको थियो । अनुपम खेर र आलोक नाथ जस्ता कलाकारको अभिनयले आजका दिनमा पनि यो फिल्मलाई याद गर्ने गरिन्छ । त्यसबेला ८ करोडमा बनेको यो फिल्मले बक्सअफिसमा ३० करोड बढी कमाएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2022-01-13, बिहिवार

‘भर्सटायल’ अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेले थिएटरको चक्कर नकाट्न सुझाएका छन् । थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा काम गर्न चाहनेले फिल्मकै माध्यम समात्न उनको सुझाव छ । अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीसँग अन्तरक्रिया गर्दै उनले फिल्म ‘छड्के’ मा अभिनय गरेपछि थिएटर र फिल्ममा आफूले व्यापक भिन्नता पाएको बताए ।

फिल्मीखबर, काठमाडौं, 2022-01-13, बिहिवार

फिल्म ‘मंगलम’ बाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका युवा स्टार पुष्प खड्काले यतिबेला एक्सन-थ्रिलर फिल्म ‘एक्स ९’ का लागि मिहेनत गरिरहेका छन् । विगत ३ महिनादेखि उनले जिमसँगै एक्सनको तामिल लिँदै आएका छन् । जिम ट्रेनिङ सुरु गर्नुअघि ७२ केजी रहेका उनी अहिले मोटाएर ८० केजी भएका छन् । ३ महिनामा नै उनले आफ्नो तौल ८ केजी बढाएका हुन् ।

Results : 6079 - 6084 of 23769
Most Visited News (monthly)