
नेपाली फिल्मले वर्षौंदेखि द्वन्द्वकालको कथा बेचिरहेको छ । द्वन्द्वकालको समयमा नेपालीले भोग्नुपरेको कथालाई फिल्ममा प्रस्तुत गरिरहँदा विश्वले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । आफ्नै समाजको कथालाई पस्कनु राम्रो कुरा हो तर यसले पार्ने प्रभावबारे नेपाली फिल्मकर्मीहरु सचेत छैनन् । द्वन्द्वको कथा देखाउने नाममा विश्वमाझ नेपालकै चित्र र चरित्र बदलिएको छ ।

अभिनेता विपिन कार्कीको करिअरको टर्निङ पोइन्टको रुपमा ‘पशुपति प्रसाद’ लाई लिने गरिन्छ । यो फिल्ममा निर्वाह गरेको ‘भष्मे डन’ को चरित्रले उनलाई नयाँ उचाई दिलाएको थियो । उनको बोल्नेदेखि हिँड्ने शैलीसम्म पृथक थियो । चरित्र नकारात्मक भएपनि उनले फिल्ममा जीवन्त अभिनय गरेका थिए । यसैले त अहिले पनि धेरैले उनलाई ‘भष्मे डन’ को रुपमा चिन्ने गरेका छन् ।

नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा कम्मर मर्काएकी छन् । उनलाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । डान्सिङ थिमको गीतको भिडियोमा उनको आकर्षक नृत्यले ध्यान खिच्छ ।

‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित बहुप्रतिक्षीत फिल्म ‘आरआरआर’ कोरोना महामारीको तेस्रो लहरका कारण गत जनवरी ७ मा रिलिज हुन सकेन । जसले गर्दा निर्माण टिमलाई आर्थिक रुपमा ठूलो घाटा भएको छ । यसबीच, फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । तर, रोचक कुरा के छ भने फिल्मका लागि एक नभइ दुईवटा प्रदर्शन मिति तय गरिएको छ ।

अभिनेत्री नम्रता श्रेष्ठको डेब्यू फिल्म हो ‘सानो संसार’ । त्यसभन्दा अगाडि म्यूजिक भिडियो र विज्ञापनमा उनले आफूलाई स्थापित गरिसकेकी थिइन् । तर, उनको फिल्मप्रति भने रुची थिइन् । आलोक नेम्बाङसँग केही म्यूजिक भिडियोमा काम गरिसकेकाले उनकै आग्रहमा नम्रताले ‘सानो संसार’ का लागि अडिसन दिएकी थिइन् । तीनपटक अडिसन दिएपछि उनी फिल्ममा छानिइन् ।

बलिउडलाई संसारको दोस्रो ठूलो फिल्म इन्डस्ट्री भन्ने गरिन्छ । यहाँ वर्षमा हजारभन्दा बढी फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये केही ठूला स्टारहरुको फिल्मले बक्सअफिसमा सुनामी नै ल्याउँछ । फिल्म हिट भएपछि कलाकारको पारिश्रमिक बढ्ने नै भयो । बलिउडका ठूला स्टारको पारिश्रमिक ठूलै छ । केही कलाकारको पारिश्रमिक सय करोड समेत नाघिसकेको छ ।

