Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6061 - 6066 of 23769
एजेन्सी, मुम्बई, 2022-01-19, बुधवार

साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘जय भीम’ ले यतिबेला वाहवाही बटुलिरहेको छ । फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । तमिलनाडुमा सन् १९९३ मा घटेको सत्य घटनामाथि फिल्म केन्द्रित छ । तमिलनाडुको मुदन्नी गाउँमा बस्ने इरुलर आदिवासीको एक गरिब परिवारले भोगेको दुखान्त र पीडादायक कथालाई फिल्ममा उतारिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-19, बुधवार

निर्देशक तुलसी घिमिरे र निर्माता उद्दव पौडेल नेपाली फिल्म क्षेत्रका लागि ओझिलो नाम हो । उनीहरुको ठूलो योगदान, मिहिनेत र त्याग छ नेपाली फिल्मले काँचुली फेर्नमा । ‘कुसुमे रुमाल’ जस्तो माइलस्टोन फिल्ममा उनीहरुबीच सहकार्य भएको थियो । तर, यसपछि दुवै दुई ध्रुव भए । कहिल्यै सहकार्यको गाँठो कसिएन । उनीहरुबीच अहिले पनि खासै राम्रो सम्बन्ध नरहेको बताइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-19, बुधवार

कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको फिल्म हो ‘म यस्तो गीत गाउँछु २’ । २०७६ सालको फागुन ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेर निर्माण टिमले प्रचार-प्रसारमा समेत ठूलो खर्च गरिसकेको थियो । तर, रिलिजको संघारमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकियो । 

फिल्मीखबर, काठमाडौं, 2022-01-19, बुधवार

कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको नेपाली फिल्म क्षेत्र फेरि धरासायी हुने अवस्थामा पुगेको छ । संक्रमणको तेस्रो लहर फैलिएको भन्दै सरकारले तेस्रो पटक हलहरु बन्द गर्न निर्देशन दिइसकेको छ । संक्रमण बढ्दै गएकाले माघ १५ सम्म भनिएको हल बन्द गर्ने निर्णय लम्बिने सम्भावना बलियो छ । जसले गर्दा फिल्म क्षेत्रमा अब के हुने हो भन्ने अन्योलता छाएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-01-18, मंगलवार

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढेसँगै कलाकारहरु पनि यसको चपेटामा पर्न थालेका छन् । यसैक्रममा, अभिनेत्री तथा ‘विजनेश वुमन’ श्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी गराएकी हुन् । उनले सबैलाई सर्तक र सुरक्षित रहन आग्रह गरेकी छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-01-18, मंगलवार
साउथ सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याले १८ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याउने निर्णय गरेका छन् । सामाजिक सञ्जालमार्फत् दुवैले आफूहरु अलग भएको जानकारी दिएका हुन् । उनीहरुले सन् २००४ मा विवाह गरेका थिए । विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।
Results : 6061 - 6066 of 23769
Most Visited News (monthly)