
कोरोना महामारी नफैलिएको भए निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गीत गाउँछु’ को तेस्रो सिरिज पनि निर्माण गरेर प्रदर्शन गरिसकेका हुने थिए । तर, संक्रमण फैलिने बहानामा पटक-पटक सरकारले हल बन्द गर्दा फिल्मको दोस्रो सिरिज निर्माणको तीन वर्ष भइसक्दा पनि रिलिज हुन पाएको छैन । जसका कारण फिल्ममाथि भएको निर्माताको ३ करोडको लगानी फ्रिज भएको छ ।

कोरोना महामारीका कारण करीब दुई वर्षदेखि फिल्म सम्बन्धि गतिविधि सहज रुपमा हुन सकेको छैन । तर, म्यूजिक भिडियो निर्माणमा भने बाढी नै आएको छ । जसले गर्दा फिल्ममा आश्रित धेरै कलाकारलाई म्यूजिक भिडियोले हातमुख जोर्न सजिलो बनाएको छ । महामारीको समयमा म्यूजिक भिडियोमा काम गरेर केही कलाकारले काठमाडौंमा घरजग्गा समेत जोड्न भ्याए ।

तुलसी घिमिरेले निर्देशन गरेका फिल्म हेरेरै एउटा पुस्ताको शैशवकाल वित्यो । ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘देउता’, ‘दर्पण छायाँ’ जस्ता कालजयी फिल्म दिएर उनले नेपाली दर्शकलाई ठूलो गुन लगाएका छन् । गुरुले १० वटा नेपाली फिल्म बनाउनु भनेर दिएको गुरु दक्षिणा स्वीकार गर्दै मुम्बईबाट नेपाल आएका उनले जीवनको उर्जाशिल समय नेपाली फिल्मकै लागि समर्पित गरे ।

डेब्यू फिल्म ‘ड्रिम्स’ र दोस्रो फिल्म ‘ए मेरो हजुर २’ ले अभिनेत्री साम्राज्ञी आरएल शाहलाई बलियो स्टारडम दिलायो । उनको नाम मात्रैले पनि फिल्म चल्छ भन्ने विश्वास निर्माता/निर्देशकमा देखिएको थियो । तर, करिअरको सुरुवातका दुई फिल्मबाहेक उनको स्टारडम बचाउन अरु फिल्मले सकेका छैनन् । ‘हिट हिरोइन’ मानिएकी उनी यतिबेला फ्लप फिल्मकी ‘क्विन’ बन्न थालेकी छन् ।

मल्टीस्टारर फिल्म ‘म’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको २६औं दिनमा आइतवार फिल्मको छायांकन सकिएको निर्देशक सुवर्ण थापाले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा नै भएको हो । फिल्मको अधिकांश सिनहरुको अनलाइन इडिटिङ्ग भइसकेको र माहोल राम्रो भएको खण्डमा आगामी जेठ महिनाभित्र प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’ मा अभिनेत्री शिल्पा मास्केको प्रवेश भएको छ । आइतबार निर्माण टिमले उनलाई फिल्मका लागि मुख्य भूमिकामा अनुबन्ध गरेको हो । फिल्ममा उनी अभिनेता कोशिश क्षेत्रीको अपोजिटमा देखिनेछिन् । शिल्पाले फरक कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको र आफ्नो चरित्रलाई न्याय दिन कोसिस गर्ने बताएकी छन् ।

