Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6031 - 6036 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2022-01-28, शुक्रवार

कोरोना महामारीका कारण रिलिज अड्केर बसेको मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, कोरोना महामारीका कारण सरकारले अनिश्चितकालका लागि सिनेमा हल बन्द गरेकाले फेरि फिल्मको रिलिज सर्ने सम्भावना बढेको छ । हल खुलेको अवस्थामा भने निर्माण टिमले निर्धारित मितिमा फिल्म प्रदर्शन गर्ने बताएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-28, शुक्रवार

साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ ले नेपालमा राम्रो हाइप बनाएको छ । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको ‘रंग विरंगी’ गीतपछि फिल्मको चर्चासँगै विवाद पनि तीव्र छ । एकातिर स्वस्तिमाको नृत्यको चौतर्फी प्रशंसा हुँदा अर्कोतिर नेपाललाई कोठीको रुपमा प्रस्तुत गरिएको भन्दै गीतको आलोचना भइरहेको छ । फिल्मको ठूलो हिस्सा नेपालमा खिचिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2022-01-28, शुक्रवार

कुनै समय कलाकारलाई आम्दानीको स्रोत जुटाउन फिल्मको मात्र भर पर्नु पर्थ्यो । फिल्ममा काम पाए पैसा आइरहन्थ्यो नभए आम्दानीको लागि अरु स्रोत थिएन । तर, प्रविधिले फड्को मारेसँगै अहिले पैसा कमाउनका लागि विभिन्न माध्यम छन् । फिल्ममा कामै नपाए पनि कलाकारहरुले यूट्युब, टिकटक जस्ता सामाजिक सञ्जालबाट निकै राम्रो आम्दानी गर्न सक्छन् र गरिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-01-27, बिहिवार

केही वर्ष अगाडिसम्म नेपाली फिल्म सिंगल थिएटरको मधुरो पर्दा र काठको ब्रेन्चमा बसेर हेर्नुको विकल्प थिएन । तिनै हलमा नेपाली फिल्मले एउटा यादगार कालखण्ड वितायो । त्यो समयलाई धेरैले ‘सुनौलो युग’ पनि भन्ने गरेका छन् । रिलबाट फिल्म खिचिने युगमा प्रायः फिल्मले हलहरुमा ५१औं र सय दिन मनाएका छन् । तर, अहिले फिल्म खिच्ने र हलमा हेर्ने दुवै प्रविधि बदलिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-01-27, बिहिवार

गत भदौमा विद्युत सर्ट भएर आगलागी हुँदा खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हल फेरि उठेको छ । आगलागीका कारण २ करोड क्षति भएको हललाई साढे २ करोड खर्च गरेर सुविधा सम्पन्न बनाइएको छ । हलका सञ्चालक पर्शुराम चौधरीले पहिलाको कमी कमजोरीलाई सच्याउँदै हललाई नयाँ स्वरुपमा साजसज्जाका साथ तयार गरेको जानकारी दिए । 

फिल्मीखबर, काठमाडौं, 2022-01-27, बिहिवार

अभिनेता तथा निर्माता भुवन केसी फिल्मको घोषणा गर्दै थन्काउने मामलामा सबैभन्दा अगाडि मानिन्छन् । उनले फिल्म ‘क्याप्टेन’ रिलिजपछि फिल्म ‘एन्टी हिरो’ को घोषणा गरेका थिए । यसपछि अरु दुई फिल्म ‘पारस र माइतीघर २’ को निर्माण घोषणा गरे । तर, अहिलेसम्म कुनै पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन । अब यी तीन फिल्म बन्छन् कि बन्दैनन् भन्नेमै अन्योल छ ।

Results : 6031 - 6036 of 23769
Most Visited News (monthly)