Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6007 - 6012 of 23769
एजेन्सी, मुम्बई, 2022-02-09, बुधवार

सुपरस्टार अल्लू अर्जुनको क्रेज र लोकप्रियता संसारभर छ । उनी अभिनीत तेलुगू फिल्म हिन्दीमा डब भएर विदेशका हलमा समेत प्रदर्शनमा हुने गरेका छन् । उनको अभिनयसँगै एक्सन र नृत्य शैली दर्शकलाई विशेष मन पर्छ । पछिल्लो रिलिज फिल्म ‘पुष्पा’ को सफलताले करिअरको उचाइँमा पुगेका उनीसँग बलिउडका नाम चलेका कलाकारहरु समेत फिल्ममा काम गर्न लालयित छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-02-09, बुधवार

बैशाख ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘चिसो मान्छे’ एक महिना पछाडि सरेको छ । अब यो फिल्म आउँदो असार ३ गतेबाट प्रदर्शन हुनेछ । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि निर्माण टिमले फिल्मको रिलिज सारेको हो । फिल्मको नयाँ प्रदर्शन मिति घोषणासँगै अभिनेत्री स्वस्तिमा खड्काको लुक्स पोस्टर पनि सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-02-09, बुधवार

कोरोना महामारीले यदी कुनै फिल्म सबैभन्दा बढी मारमा परेको छ भने त्यो ‘चपली हाइट ३’ हो । कहिले कोरोना कहर त कहिले विदेशी फिल्मका कारण पटक-पटक प्रदर्शन मिति सरेर पुष ३० गतेबाट फिल्म हलमा लागेको थियो । तर, कोरोना महामारीका कारण सरकारले माघ ३ गतेबाट हल बन्द गरेपछि फिल्म तीन दिन मात्र प्रदर्शन हुन पायो । जसले निमातालाई ठूलो मार पर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2022-02-08, मंगलवार

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र  चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । फिल्मले प्रदर्शन मिति तोकेको यो चौथो पटक हो ।

फिल्मीखबर, काठमाण्डौ, 2022-02-08, मंगलवार

मन्त्रिपरिषद् बैठकले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि यही मितिमा प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो मान्छे’ पोस्टपोन्ड हुने भएको छ । निर्वाचनको दिन सार्वजनिक विदा हुने र यातायात आवातजावत पनि ठप्प हुने भएकाले फिल्मको रिलिज सार्ने निर्णयमा निर्माता पुगेका हुन् । चाँडै फिल्मको नयाँ प्रदर्शन मिति तोक्ने तयारीमा निर्माण टिम छ । 

एजेन्सी, मुम्बई, 2022-02-08, मंगलवार

बलिउडका दुई एक्सन हिरो अक्षय कुमार र टाइगर श्राफले पहिलो पटक एकसाथ फिल्ममा काम गर्ने भएका छन् । फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा उनीहरुले स्क्रिन शेयर गर्न लागेका हुन् । मंगलवार यो फिल्मको एक्सन प्याक्ड टिजर सार्वजनिक भएको छ । टिजरमा अक्षय र टाइगर दुवै प्रस्तुत छन् । फिल्ममा अक्षय कुमार बडे मियाँ र टाइगर श्राफ छोटे मियाँको रोलमा देखिनेछन् । 

Results : 6007 - 6012 of 23769
Most Visited News (monthly)