
कोरोना संक्रमण फैलिएपछि गत माघ ३ गतेबाट बन्द भएका सिनेमा हलहरु आउँदो फागुन १ गतेबाट खोल्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हल खोल्न सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।

डेढ दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिता गर्दै आएका लक्ष्मण सुवेदीको निर्देशनमा फिल्म ‘ठगराज’ बन्ने भएको छ । बुधवार उनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालको माध्यमबाट फिल्मको घोषणा गरेका हुन् । फिल्ममा उनको निर्देशनसँगै निर्माण पनि रहनेछ । उनकै लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने बताइएको छ ।

निर्देशक प्रकाश सायमी र अभिनेत्री करिश्मा मानन्धरबीच फिल्म ‘हतियार’ पछि सहकार्य भएको छैन । तर, यो फिल्मभन्दा अगाडि र पछाडि पनि उनीहरुबीच सहकार्यका लागि प्रयास भएको थियो । फिल्म ‘सन्तान’ हेरेपछि प्रकाशले करिश्मालाई ‘पिरती’ का लागि साइन गराएका थिए । तर, फिल्मका निर्माता उदित नारायण झासँग केही असमझदारी भएपछि करिश्माले काम गरिनन् ।


नेपाली फिल्म ‘लाखे’मा नेगेटिभ भुमिकाको लागि अभिनेता प्राशान्त ताम्राकार भित्रिएका छन् । यसअघि उक्त भुमिकाको लागि सुनिल थापा रहेको जानकारी दिईएको थियो । निर्देशक सम्राट बस्नेतका अनुसार थापा बलीउड फिल्ममा व्यस्त हुने भएपछि ताम्राकारले लाखेमा अभिनय गर्ने भएका हुन् ।

कुनै बेला राम्रो माग भएकी अभिनेत्री हुन्, अरुणिमा लम्साल । ‘धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत ५० बढी फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक फिल्म ‘उर्वशी’ मा देखिएकी थिइन् । तर, छोरीको जन्मपछि अभिनय गरेका फिल्महरु नचलेपछि उनी अमेरिका पलायन भइन् । त्यसपछि उनले नेपाल फर्किएर फिल्म अभिनयलाई निरन्तरता दिएकी छैनन् ।

