Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२६ दिनमा सकियो ‘म’ को छायांकन

फिल्मीखबर, काठमाडौं, 2022/02/07
movie 'ma'
 
मल्टीस्टारर फिल्म ‘म’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको २६औं दिनमा आइतवार फिल्मको छायांकन सकिएको निर्देशक सुवर्ण थापाले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा नै भएको हो । फिल्मको अधिकांश सिनहरुको अनलाइन इडिटिङ्ग भइसकेको र माहोल राम्रो भएको खण्डमा आगामी जेठ महिनाभित्र प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । 
 
फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्मको निर्माण गरेको हो । ‘म’ को तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन समेत भइसकेको थियो । तर, सोचेअनुरुप काम ननिस्किएपछि निर्माण टिमले ‘कास्ट एन्ड क्रियू’ परिवर्तन गरेर फेरि सुरुवातबाट छायांकन गरेको हो । जसका कारण एकेडेमीको मोटो रकम बालुवामा पानी सरह भयो ।
 
सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाईली, नरेन खड्काको अभिनय रहेको फिल्मको निर्मातामा विमला हुमागाई र पदम पुरी छन् । फिल्मलाई तेन्जिङ्ग पाल्देनले खिचेका हुन् । महामारीका बावजूद पनि सम्पूर्ण टिमको सहयोगले फिल्मको छायांकन सम्भव भएको एकेडेमीका सिईओ प्रकाश पुरीले बताए । 
Most Visited News (monthly)