
मिलन चाम्सले नेपाली फिल्म 'वर एन्ड वधु'को निर्देशन गर्न लागेका छन् । यो फिल्मको लागि नायिका आँचल शर्मा वधुको भुमिकाको लागि फाईनल् भएकी छन् ।

बलिउड सुपरस्टार टाइगर श्राफको झल्को दिने शरीरका कारण अभिनेता आर्यन अधिकारी प्रायः चर्चामा रहन्छन् । धेरैले उनलाई ‘नेपालको टाइगर श्राफ’ भन्ने गरेका छन् । नेपालमा सिक्स प्याक हिरोको चर्को खडेरी रहेको अवस्थामा उनको आगमनलाई धेरैले आशातित नजरले हेरेका थिए । तर, डेब्यू फिल्म ‘के म तिम्रो होइन र ?’ नै पत्तासाफ हुँदा उनको करिअरलाई ठूलो धक्का पुग्यो ।

अक्षय कुमार वर्षमा सबैभन्दा बढी फिल्ममा काम गर्ने अभिनेतामा पर्छन् । उनका हरेक वर्ष चारवटासम्म फिल्म रिलिज हुने गरेका छन् र अधिकांशले सफलता पनि पाएका छन् । यो वर्ष उनको ‘पृथ्वीराज’ र ‘बच्चन पान्डे’ जस्ता ठूला फिल्म रिलिजको तयारीमा छन् । यसबीच, उनले दक्षिण भारतको एक सुपरहिट फिल्मको हिन्दी रिमेकमा अभिनय गर्न लागेको खबर बाहिर आएको छ ।

यतिबेला अभिनेत्री उपासना सिंह ठकुरी करिअरको उचाइँमा छिन् । डेब्यू फिल्म ‘क्याप्टेन’ मा अभिनय र सुन्दरताको वाहवाही भएपछि उनले सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गर्ने अवसर पाइन् । यो फिल्मले उनलाई व्यवसायिक सफलता दियो । त्यसयता उनले करिअर फर्केर हेर्नु परेको छैन । हातमा फिल्म टुटेको छैन । स्टार कलाकारहरुसँग काम गरिरहेकी छन् ।

सन् १९९२ मा फिल्म ‘बुलन्द’ को छायांकनका लागि नेपाल आएका बलिउड सुपरस्टार सलमान खानले त्यसपछि नेपालमा पाइला टेकेका छैनन् । तर, उनको फ्यान फ्लोइंग नेपालमा जबरजस्त छ । उनका फिल्म रिलिज हुँदा नेपालका सिनेमा हलहरुमा दशैं नै लाग्छ । उनलाई नेपाल ल्याउनका लागि व्यवसायिक घरानाले समेत कयौं प्रयास गरेका छन् । तर, त्यो सम्भव हुन सकेको छैन ।

सुपरहिरो फिल्म ‘सुपर धने’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणा गरियो । अर्को वर्षको कार्तिकबाट छायांकन सुरु हुने फिल्मलाई सुमित सिंहले निर्देशन गर्नेछन् । हाल फिल्मको स्क्रिप्ट लेखनको कार्य भइरहेको र नेपालसँगै यूरोपमा छायांकन हुने बताइएको छ । फिल्मका लागि चाँडै कलाकार छनोट गरिने निर्देशक सिंहले बताए ।

