Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लता मंगेशकरको बायोपिक बनाउन होडबाजी

एजेन्सी, मुम्बई, 2022/02/11
lata mangeshkar
 
भारतकी विश्व प्रख्यात गायिका स्वं. लता मंगेशकरको जिन्दगी कुनै प्रेरणाभन्दा कम छैन । संघर्षसँग जुध्दै संगीतको दुनियाँमा आफ्नो अग्लो पहिचान बनाएकी उनी म्यूजिक इन्डस्ट्रीमा ७ दशकभन्दा लामो समयसम्म जोडिएकी थिइन् । भलै, अब उनी यो दुनियाँमा छैनन् तर उनको मधुर आवाज हर कोहीको दिलमा एक याद बनेर सधैं रहनेछ । उनको यसै साता निधन भएको हो ।
 
उनै, लता मंगेशकरको जीवनीमा फिल्म बनाउन यतिबेला बलिउडमा होडबाजी चलेको छ । कयौं निर्माता-निर्देशकहरुले उनको जिन्दगीलाई पर्दामा उतार्न चाहेका छन् । बलिउड निर्देशकहरु सञ्जय लीला भंसाली, आनन्द एल राय र राकेश ओम प्रकाश मेहरा लताको बायोपिक फिल्म बनाउन लागिपरेका छन् । सञ्जय त १० वर्षदेखि लताको बायोपिक बनाउने विषयमा सोचिरहेका थिए ।
 
लता मंगेशकरको निधनपछि सञ्जय लीला भंसालीले आफ्नो ड्रिम प्रोजेक्टलाई अस्तित्वमा ल्याउने प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म लता मंगेशकरको परिवारले उनको जीवनीमा फिल्म बनाउनका लागि कुनै अनुमति दिएको छैन । तर, लताको परिवारले उनको जीवनको एक घटनाक्रममाथि फिल्म बनाउन दिने विषयमा भने सोचिरहेको भारतीय मिडियाले बताएका छन् ।
Most Visited News (monthly)