Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर ४’ गीतमा अनमोल र सुहानाको रोमान्टिक अवतार

फिल्मीखबर, काठमाण्डौ, 2022/02/11
anmol kc and suhana thapa
 
अभिनेत्री झरना थापाको तेस्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ४’ को शिर्ष गीत सार्वजनिक भएको छ । स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म ‘ए मेरो हजुर’ को गीतको हुक लाइन ‘फूलको थुंगा हौकी’ लाई मिश्रण गरेर तयार गरिएको गीतमा गायक सुगम पोखरेल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको छ । रवि मल्लको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।
 
नेपालको पर्यटकीय गन्तव्य शे-फोक्सुन्डोमा खिचिएको गीतको भिडियोमा फिल्मका मुख्य नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर छन् । भिडियोमा उनीहरुको जोडीलाई जति सुन्दर तरिकाले प्रस्तुत गरिएको छ, शे-फोक्सुन्डोको मनोरम दृश्यले उस्तै मन लोभ्याउँछ । सञ्जय लामाको छायांकन प्रशंसायोग्य छ । शे-फोक्सुन्डोमा छायांकन भएको ‘ए मेरो हजुर ४’ पहिलो फिल्म हो ।
 
शुक्रवार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा झरना थापाले आफूले ‘ए मेरो हजुर’ को सिक्वेलमा साधारण लभस्टोरीलाई साधारण तरिकाले पस्किने गरेको बताइन् । उनले अब फिल्म ‘भागवत गीता’ बनाएपछि मात्र ‘ए मेरो हजुर ५’ निर्माण गर्ने पनि जानकारी दिएकी छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
 
anmol kc and suhana thapa
 
मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । अनमोल र सुहाना फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।
 

Most Visited News (monthly)