Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हजारौँमा एक’बाट ८ वर्षपछि निर्देशनमा फर्किँदै सुव्रत

फिल्मीखबर, काठमाडौं, 2026/07/17

Subrat Acharya

 

म्यूजिक भिडियो निर्देशनमा स्थापित सुव्रत आचार्य ८ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘हजारौँमा एक’को शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । एक्सन–एड्भेन्चर विधामा बन्ने फिल्मलाई निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनले निर्माण गर्नेछ ।

आगामी फागुन–चैतमा छायांकनको तयारी गरिएको फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् भने उनी नै फिल्मकी प्रस्तुतकर्ता हुन् । दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको रूपमा रहनेछन् । हरि हुमागाईंको छायांकन रहने फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यले मलयालम र हिन्दी भाषामा समेत स्वरांकन (डबिङ) गरिने जनाइएको छ । 

फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारतको मलयालम फिल्म उद्योगसँग आबद्ध रहेका छन् । मुख्य अभिनेताबारे विस्तृत जानकारी केही समयपछि फर्स्टलुक पोस्टर सार्वजनिक गर्ने क्रममा गरिने निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार फिल्ममा मलयालमका केही कलाकार तथा प्राविधिकहरूको पनि सहभागिता रहनेछ । 

फिल्मको पटकथालाई शान बस्नेतले नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गरिरहेका छन् । निर्माण पक्षका अनुसार फिल्मको मुख्य भूमिकामा अधिकांश नेपाली कलाकारहरू हुनेछन् । प्राविधिक टोलीमा पनि नेपाली नै रहनेछन् । चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुने फिल्मको छायांकन नेपालका पर्यटकीय स्थानहरूमा हुने जनाइएको छ ।