Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

८ वटा पर्दासहित पुनः सञ्चालनमा आयो गुण सिनेमा

फिल्मीखबर, काठमाडौं, 2026/07/17

Guna Cinema 2

 

नेपालको ऐतिहासिक सिनेमा हलमध्ये एक गुण सिनेमा ४ वर्षपछि पुनः सञ्चालनमा आएको छ । २०७९ सालमा नयाँ भवन निर्माणका लागि बन्द भएको हल अत्याधुनिक प्रविधिसहित शुक्रबारबाट सञ्चालनमा आएको हो । ८ वटा पर्दा रहेको हलमा १ हजार ४२५ सीट क्षमता छ । हलको व्यवस्थापनको जिम्मा देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफक्सले लिएको छ ।

गुण सिनेमाका अध्यक्ष राजेन्द्र शाक्य (दिजेन्द्र)का अनुसार हलहरूमा जिडिसी सर्भर, पुल्ज र जेबिएल स्पिकर, डिटिएस एक्स, प्रोसेसर एआइबी ३००० इमर्सिभ साउण्ड सिस्टम, बेल्जियममा निर्माण भएको बार्को टुके लेजर प्रोजेक्टरका साथमा गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ । हलभित्र हिमालयन जाभा कफीको समेत व्यवस्था गरिएको उनले बताए । 

उनले भने, ‘नयाँ भवन निर्माणका लागि हल बन्द गर्नु पर्दा ललितपुर क्षेत्रका धेरै दर्शकलाई फिल्म हेर्न असुविधा भएको थियो । अब हामी पहिलाभन्दा थप एक हलका साथमा आएका छौँ । हलमा अत्याधुनिक प्रोजेक्सन र साउन्ड सिस्टमसहित नयाँ प्रविधि जडान गरिएको छ, जसले दर्शकलाई उत्कृष्ट दृश्य–श्रव्य अनुभव दिलाउने विश्वास लिएका छौँ ।’

 

guna cinema


वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमामा पहिला एउटै छानामुनि ७ वटा हल थिए । काठमाडौं उपत्यकाका मात्रै नभइ काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीबाट समेत दर्शकहरू फिल्म हेर्न गुण सिनेमा पुग्थे । जसकारण नेपाली फिल्मले आम्दानीको ठूलो हिस्सा (सेयर) गुणबाट लाने गरेको थियो । अब त्यो युग पुनः फर्किने अपेक्षा गरिएको छ ।