Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लज्जावती’को ‘दिलको मोटर’ गीतमा छमछमी नाचे मुकुन

फिल्मीखबर, काठमाडौं, 2026/07/17

LAJJAWATI

 

आगामी साउन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने ‘नेपाल आइडल सिजन २’का विजेता रवि ओड र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतमा युवायुवतीबीचको आकर्षण र नोकझोंकलाई प्रस्तुत गरिएको छ । गीतले फिल्मको ‘हाइप’ बढाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ । 

आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सौरभ वली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माताको रूपमा छन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, बाबुल गिरीको संगीत तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।