Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मितज्यू’का निर्माता जनकले ‘आकाश वर्षा’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2026/07/15

janak gharti manag

 

‘मितज्यू’का निर्माता जनक घर्ती मगरले नयाँ फिल्म ‘आकाश वर्षा’ बनाउने भएका छन् । उनले बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् । यो उनको तेस्रो निर्माण हुनेछ । उनले पहिलो पटक निर्माण गरेको फिल्म ‘घरज्वाइँ’ थियो, जुन व्यावसायिक रूपमा सफल पनि भयो । ‘मितज्यू’ भने अपेक्षित चल्न सकेन ।

फिल्मलाई सुदीप भजुले निर्देशन गर्नेछन् । उनले यसअघि नेपालमा वैकल्पिक राजनीतिका अगुवा मानिने स्व. उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को निर्देशन गरेका थिए । उनले ‘अ ग्लास अफ हेप्पिनेस’ नामक सिरिज पनि बनाएका छन् । ‘आकाश वर्षा’ भने उनको पहिलो निर्देशकीय फिचर फिल्म हुनेछ ।

जीएम मुभिज प्रोडक्सनको प्रस्तुति रहने फिल्मको पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देख्न सकिन्छ । बादल, वर्षा र पृष्ठभूमिमा पहाडको दृश्यले मान्छेको जीवनका दुःख, सुख र संघर्षलाई फिल्मले समेट्ने संकेत गर्छ । निर्माता मगरका अनुसार फिल्म विशुद्ध प्रेमकथामा आधारित हुनेछ । उनी स्वयंको परिकल्पना रहेको फिल्ममा अमीर मगरको लेखन रहेको छ ।