Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अल्फा’ले दर्शकलाई बनायो निराश, समीक्षकले दिए १ रेटिङ

फिल्मीखबर, काठमाडौं, 2026/07/03

alpha

 

जासूसी फिल्म निर्माणमा अब्बल मानिएको यशराज फिल्म्सलाई फेरि अर्को झड्का लाग्ने संकेत देखिएको छ । ‘टाइगर ३’ र ‘वार २’ अपेक्षित नचल्दा ठूलो दबाबमा परेको यशराजलाई शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘अल्फा’ले ‘स्पाई यूनिभर्स’लाई थप संकटमा पार्ने सम्भावना देखिएको छ । किनकि, फिल्मलाई दर्शक र समीक्षकबाट कमजोर प्रतिक्रिया मिलेको छ । 

भारतका चर्चित समीक्षक तरण आदर्शले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मलाई १.५ स्टार रेटिङ दिएका छन् । उनले एक्सन दृश्यहरू आकर्षक भए पनि कमजोर लेखनका कारण फिल्मले दर्शकसँग भावनात्मक सम्बन्ध जोड्न नसक्ने उल्लेख गरेका छन् । अभिनेत्री आलिया भट्ट एक्सन भूमिकामा फिट नदेखिएको समेत उनको दाबी छ । 

अर्का समीक्षक सुमित कँडेलले फिल्मलाई जम्मा १ रेटिङ दिँदै कथावस्तु तर्कहीन, हास्यास्पद र हलिउडबाट प्रभावित रहेको उल्लेख गरेका छन् । कमजोर लेखनका कारण फिल्मले मनोरञ्जन दिनुको सट्टा झर्को लाग्ने उनको भनाइ छ । उनी लेख्छन्, ‘न रोमाञ्च छ, न तर्क । न कुनै भावनात्मक सन्तुष्टि । केवल २ घण्टा ३० मिनेटको निराशाजनक अनुभव ।’

फिल्मलाई समीक्षकसँगै दर्शकले पनि रुचाएका छैनन् । एक्सन र भिजुअलको प्रशंसा भए पनि फिल्मको कथा, पटकथा र तर्कहीन प्रस्तुतिलाई लिएर दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाएका छन् । धेरैले फिल्मको स्क्रिप्ट लेखनलाई ‘अल्छीको पराकाष्ठा’ भन्दै हलिउडका एक्सन फिल्महरूको सोचविचार नै नगरी नक्कल गरिएको आरोप लगाएका छन् । 

शिव रवैलको निर्देशनमा बनेको ‘अल्फा’ले १० करोड हाराहारी ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । तर, दर्शकबाट कमजोर प्रतिक्रिया मिलेका कारण दोस्रो दिनबाट फिल्मको व्यापारमा भारी गिरावट आउन सक्ने देखिन्छ । १२५ करोडको लागतमा बनेको यस फिल्ममा आलियासहित अनिल कपूर, बबी देओल, शर्वरी वाघलगायतको अभिनय रहेको छ ।