Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5503 - 5508 of 24027
फिल्मीखबर, काठमाडौं, 2022-08-07, आईतवार

आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘लाखे’को रिलिज पोस्डपोन्ड भएको छ । निर्माण टिमले फिल्मलाई डेढ महिना पछाडि धकेल्दै कात्तिक ११ गते (भाईटीकाको भोलीपल्ट) लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । भिएफएक्स, मिक्सिङ्ग लगायतका प्राविधिक काम मुम्बईमा भइरहेकाले पूर्वघोषित मितिमा प्रदर्शन गर्न सम्भव नभएको निर्देशक सम्राट बस्नेतले बताए । 

फिल्मीखबर, काठमाडौं, 2022-08-07, आईतवार

एक समय नेपाली फिल्म क्षेत्र हाँकेका नायक हुन्, आर्यन सिग्देल । लभर ब्वाईको भूमिकामा उनी निर्विकल्प झैँ थिए । युवापुस्तामा गजबको क्रेज बनाएका उनलाई एक दशक फिल्मको कमी भएन । न त हिट फिल्मका लागि भौतारिनु पर्‍यो । तर, करिअरको उचाईंमा रहँदा फिल्म छनौटमा उनी गम्भीर हुन सकेनन् । त्यसको प्रतिफल स्वरुप यतिबेला उनको स्टारडम कमजोर बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-07, आईतवार

पछिल्लो समय राजनीतिप्रति कलाकारहरुको आकर्षण बढ्दो छ । भुवन केसी, करिश्मा मानन्धर, रेखा थापा, कोमल वली जस्ता कलाकारहरुले राजनीतिक दलको झन्डा ओडिसकेका छन् । अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काले पनि भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । अबको १०-१५ वर्षपछि राजनीतिको अवस्था हेरेर अगाडि बढ्ने उनको योजना छ ।

फिल्मीखबर, काठमाडौं, 2022-08-06, शनिवार

फिल्म ‘मंगलम’बाट अभिनेता पुष्प खड्काले आफूलाई अलग चरित्रमा पनि बाँच्न सक्ने कलाकारको रुपमा चिनाए । अनुहारको बनौट (लुक्स) ले त उनलाई लभर ब्वाईको भूमिका बढी सुहाउँछ । उनको ‘कम्फर्ट जोन’ पनि यही हो । तर, उनी अलग-अलग चरित्रमा बाँच्न चाहन्छन् । आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ उनको अर्को फरक छनौट हो ।

फिल्मीखबर, काठमाडौं, 2022-08-06, शनिवार

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता कृष्ण मल्ल चयन भएका छन् । शुक्रवार काठमाडौंमा आयोजित सोसाइटीको साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सोसाइटीको उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-08-05, शुक्रवार

सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्डको ट्रेलरमा तीन पात्र (पूजा शर्मा, सोनम तोप्देन र आकाश श्रेष्ठ) को प्रेम जीवनमा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । प्रेमिल र वियोगान्त संवादलाई प्राथमिकता दिइएको ट्रेलरमा फिल्मप्रति दर्शकको उत्सुकता जगाउन सक्ने ल्याकत देखिन्छ ।

Results : 5503 - 5508 of 24027
Most Visited News (monthly)