Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4867 - 4872 of 23836
फिल्मीखबर, काठमाडौं, 2022-11-17, बिहिवार

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार तथा चर्चित अभिनेत्री रेखा थापाले यही मंसिर ४ गतेको निर्वाचन बा पुस्ता र युवा पुस्ताबीचको जनमत संग्रह रहेको बताएकी छन् । आफूले विद्रोहको रुपमा उम्मेदवारी दिएको बताउने गरेकी उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भ्रष्टाचारी र भ्रष्टाचार विरोधी पुस्ताको लडाईंको रुपमा समेत अर्थ्याएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-17, बिहिवार

यही मंसिर ४ गते ५ वर्षका लागि हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विभिन्न उम्मेदवारलाई समर्थन गर्दै कलाकारहरु पनि मैदानमा उत्रेका छन् । कोही पार्टीका उम्मेदवार जिताउने अभियानमा छन् भने कोही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेका छन् । यसअघिका निर्वाचनमा उम्मेदवारहरुलाई जिताउन कलाकारहरुको यसखालको सक्रियता देखिएको थिएन ।

फिल्मीखबर, काठमाडौं, 2022-11-17, बिहिवार

सार्वजनिक व्यक्ति भएपछि उसको नीजि जीवन होस् वा व्यवसायिक, सबै सार्वजनिक हुन्छन् । कहिले काहिँ यी कुराले समस्या पनि निम्त्याउँछ । कतिपय अवस्थामा फाइदा पनि पुगेको हुन्छ । विशेषगरि, कलाकारहरुको नीजि र व्यवसायिक जीवनको बारेमा आम मानिस र मिडियाले निकै चासो दिने गरेका हुन्छन् । उनीहरुले गर्ने जुनसुकै गतिविधिले चर्चा र विवाद दुवै जन्माउन सक्छ ।

एजेन्सी, मुम्बई, 2022-11-16, बुधवार

नेपालमा खिचिएको बलिउड फिल्म ‘उचाइँ’ले कम स्क्रिनका बावजूद विकेन्डमा राम्रो कमाई गर्‍यो । विकेन्डमा १० करोड ५० लाख कमाएको फिल्मको चौंथो दिनबाट कमाईको रफ्तार कमजोर बनेको छ । शुक्रवार १ करोड ८१ लाख, शनिवार ३ करोड ६४ लाख, आइतवार ४ करोड ७१ लाख कमाएको फिल्मले सोमवार १ करोड ८८ लाख र मंगलवार १ करोड ७६ लाखको मात्र कमाई गर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2022-11-16, बुधवार

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रमुखबीच फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । बुधवार पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

Results : 4867 - 4872 of 23836