Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 4849 - 4854 of 23836
फिल्मीखबर, काठमाडौं, 2022-11-23, बुधवार

नेपाल फिल्मको इतिहासमा सर्वाधिक मूल्यमा दीपकराज गिरी र दीपाश्री निरौलाको समुहको फिल्म ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स (यूट्युब) बिक्री भएको छ । मंगलवार ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल र निर्माता दीपकराजबीच डिजिटल राइट्स खरिद-बिक्रीको सम्झौता पत्रमा हस्ताक्षर भयो । फिल्मको डिजिटल राइट्सको बिक्री मूल्य गोप्य राखिएको छ ।

एजेन्सी, मुम्बई, 2022-11-22, मंगलवार

बलिउड अभिनेता अजय देवगन स्टारर सस्पेन्स-ड्रामा फिल्म ‘दृश्यम २’ले भारतीय बक्सअफिसमा आँधी ल्याएको छ । १५ करोड ३८ लाखको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन २१ करोड ५६ लाख कमाई गरेको थियो । तेस्रो दिन फिल्मको कमाईमा थप उछाल आयो । तेस्रो दिन २७ करोड १७ लाख कमाएको फिल्मले सोमवार बिना विदामा पनि ११ करोड ८७ लाख छापेको छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-22, मंगलवार

राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापालाई मोरङ ३ मा कांग्रेस र एमालेका उम्मेदवारलाई मतमा उछिन्न सकस परेको छ । प्रारम्भिक मत परिणाममा उनी तेस्रो छिन् । ६ हजार ३ सय ६३ मत गनिसक्दा उनको पक्षमा ९ सय ५ मत झरेको छ । कांग्रेसका डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित पहिलो र १ हजार ५ सय ७९ मत प्राप्त गर्दै एमालेका भानुभक्त ढकाल दोस्रो नम्बरमा छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-11-22, मंगलवार

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’भन्दा अघि र पछि प्रदर्शनमा आएका कुनै फिल्म हलमा लामो समयसम्म टिक्न सकेनन् । लगानी उठाएका फिल्मको आयू पनि मुश्किलले चार हप्तासम्म रह्यो । तर, छठ विदादेखि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले भने ५१औं दिने रेकर्ड बनाउने देखिएको छ । चौंथो हप्तामा पनि हलमा देखिएको दर्शक उपस्थितिले यो अनुमान गर्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-11-21, सोमवार

कोरोना महामारीभन्दा अगाडि मिलन चाम्सले भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित फिल्म ‘वीर विक्रम २’लाई हिन्दी भाषामा डबिङ गरेका थिए । तर, महामारीका कारण फिल्म रिलिज अन्योल बन्यो । अब यो फिल्म नेपालकै युट्युबमा रिलिज हुने भएको छ । फिल्म रिलिजभन्दा अगाडि सोमवार हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ ।

एजेन्सी, मुम्बई, 2022-11-20, आईतवार

२०२२ मा एकपछि अर्को आशातित फिल्मले निराशाजनक प्रदर्शन गरेपछि संकटमा परेको बलिउडलाई अभिनेता अजय देवगन र अभिनेत्री तब्बु स्टारर फिल्म ‘दृश्यम २’ले ठूलो राहत दिने देखिएको छ । १५ करोड ३८ लाखको सानदार ओपनिङ गरेको फिल्मले दोस्रो दिन व्यापारमा ४० प्रतिशत बढोत्तरी कायम गर्‍यो । दोस्रो दिन आइतबार फिल्मले २१ करोड ५९ लाख कमाई गरेको छ ।

Results : 4849 - 4854 of 23836