Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3703 - 3708 of 23516
फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २२, सोमवार

फिल्ममा ‘न्यूड’ सिन दिन सक्नु आफैंमा हिम्मतको कुरा हो । यस्ता सिनका लागि हम्मेसी कोही कलाकार तयार हुँदैनन् । किनकि, ‘न्यूड’ सिन स्वीकार्न नेपाली समाज अझै उदार भैसकेको छैन । त्यसमाथि यस्ता संवेदनशील दृश्यलाई कलात्मक रुपमा देखाउनु चुनौतीपूर्ण काम हो । हलिउड र बलिउडमा यस्ता दृश्यको प्रयोग हुँदै आएको भए पनि नेपाली फिल्ममा विस्तारै ‘प्राक्टिस’ हुँदैछ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २२, सोमवार

साडी महिलाको पहिचान हो । भलाद्मी, शालीन र सौम्य पोशाकको रुपमा पनि साडीलाई लिइन्छ । साडीले महिलालाई ‘ग्ल्यामरस लुक’ दिन्छ । यसैले पछिल्लो पुस्ताका युवतीहरुमा साडी फेसनको रुपमा प्रख्यात हुन थालेको छ । अधिकांश नेपाली अभिनेत्रीहरु पनि साडी पारखी छन् । फिल्मसम्बन्धी सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपर्दा प्रायः अभिनेत्रीको पहिरन रोजाइमा साडी पर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २२, सोमवार

निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘अगस्त्य : च्याप्टर वान’को छायांकन सुरु भएको छ । सोमबार भारतको गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ६० दिनको सेड्युल राखिएको फिल्मको २५ दिनसम्म गोखरपुरमा नै छायांकन हुने निर्देशक चौधरीले बताए । त्यसपछि नेपालको नवलपरासी, भैरहवा र काठमाडौंमा छायांकन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २१, आईतवार

सुपरहिट बलिउड फिल्म ‘मैने प्यार किया’की अभिनेत्री भाग्यश्रीले काठमाडौंका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाआजा तथा दर्शन गरेकी छन् । शनिबार दिउँसो श्रीमान् हिमालय दसानीसँग एक अवार्ड कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौं आएकी उनले आइतबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरिन् भने त्यसपछि कालभैरव (भैरवस्थान) पुगेर दर्शन गरेकी थिइन् ।

काठमाडौं, काठमाडौं, २०८० ज्येष्ठ २१, आईतवार

फिल्म ‘प्रेमगीत ३’ हिन्दीमा डब भएर भारतका हलमा प्रदर्शन भएपछि अहिले नेपाली फिल्म हिन्दीमा डब गर्ने प्रतिस्पर्धा नै चलेको छ । यस्तैमा अब फिल्म ‘परस्त्री’ पनि हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुँदैछ । आगामी असार १५ गते नेपाल र भारतका हलमा फिल्म एकसाथ लाग्दैछ । यतिबेला भारतको एक स्टुडियोमा फिल्मको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैराखेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० ज्येष्ठ २१, आईतवार

नेपाली फिल्म क्षेत्रमा अभिनेता र अभिनेत्रीको केमेस्ट्रीको सबैभन्दा बढी चर्चा हुन्छ । जसरी अहिले दयाहाङ राई र मिरुना मगरको केमेस्ट्रीलाई लिएर भैरहेको छ । तर, फिल्ममा हिरो-हिरोइनको मात्र होइन, मुख्य पात्रको सहायक पात्रसँग पनि केमेस्ट्री जम्ने गर्छ । दयाहाङ राई र बुद्दि तामाङलाई उदाहरणको रुपमा लिन सकिन्छ । फिल्ममा उनीहरुको केमेस्ट्री जमेको छ । र, जोडी हिट छ ।

Results : 3703 - 3708 of 23516