
२०७८ सालको चैतमा सिक्किमको गान्तोकमा फिल्म ‘ग्रहण’ निर्माणको घोषणा गरिएको थियो । फिल्मको मुख्य भूमिकामा नम्रता श्रेष्ठ, सारुक ताम्राकार र विनय श्रेष्ठले अभिनय गर्दै थिए । तर, पछि फिल्मबाट विनय बाहिरिए । नाम पनि हेरफेर गरेर ‘ह्यासट्याग माया’ राखियो । विनयको ठाउँमा निर्माण टिमले रोयदीप श्रेष्ठलाई अनुबन्ध गर्दै गत जेठ २० गतेबाट छायांकन सुरु गरिएको थियो ।

फिल्ममा सुखद करिअर हुँदाहुँदै जीवनलाई नै पूर्णविराम लगाएका अभिनेता सारुक ताम्राकारलाई सम्झना गर्दै बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा दीप प्रज्वलन गरिएको थियो । उनको दीपझैं चम्किलो तस्बिर अगाडि दीप प्रज्वलन गर्दा हरेकका आँखा आँशुले टिलपिल देखिन्थे । सारुकसँग एकपटक भेटेकाहरु पनि उनको मिलनसार व्यवहारको प्रशंसामा शब्द खर्चिरहेका थिए ।

दिवंगत अभिनेता सारुक ताम्राकारको सम्झनामा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा सारुकको चिरशान्तिको कामना गर्दै उनका परिवारका सदस्यहरु, कलाकारहरु तथा सर्वसाधारणले मक्खन बत्ती र मैनबैत्ती बालेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । उनलाई सम्झँदै दीप प्रज्वलन गर्दा प्रायः गहभरी भएका थिए । सारुकका आमा-बुबा भावविह्वल देखिन्थे ।

‘हामी तीन भाई’ शीर्षकमा दोस्रो पटक बन्न लागेको फिल्ममा दुईजना अभिनेत्री भित्रिएका छन् । बुधबार ‘बुलबुल’ फेम्ड अभिनेत्री लक्ष्मी वर्देवा र मंगलवार ‘ड्रिम गर्ल’ फेम्ड अभिनेत्री आश्मा गिरीसँग निर्माण टिमले मुख्य भूमिकाका लागि सम्झौता गरेको छ । फिल्ममा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले ‘झिँगेदाउ’ फेम्ड अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् ।

फिल्मको सफलताका लागि लामो समय भौतारिएकी अभिनेत्री हुन्, मिरुना मगर । केही नाटकमा काम गरेको अनुभवपछि फिल्म ‘लालपूर्जा’बाट डेब्यू गरेकी उनलाई चौंथो फिल्म (रोज, साइनो र चच हुई)सम्म आइपुग्दा असफलताले छाडेको थिएन । ‘पखाईको फल मीठो हुन्छ’ भनेझैं मिरुनाका लागि पाँचौं फिल्म ‘कबड्डी ४’ सञ्जीवनी बुटी बन्यो । यसपछि त करिअर फर्केर हेर्नुपरेको छैन ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बगान’मा अभिनेत्री करिश्मा मानन्धर अभिनयको हिसाबले मात्र संलग्न छैनन्, निर्माणमा पनि संलग्नता छ । उनका श्रीमान् विनोद मानन्धर फिल्मका कार्यकारी निर्माता हुन् । यसैले उनी प्रदर्शनपूर्व प्रचारदेखि अहिले हल भिजिटमा सक्रिय छिन् । घरभित्रको लगानी र अभिनयमा वर्षौंपछिको कमब्याक भएकाले उनलाई फिल्म सफलताको दबाब छ ।