Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7231 - 7236 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2021-04-06, मंगलवार

सन्दिपले ‘श्री’ आफ्नो करिअरको उत्कृष्ट फिल्म रहेको दाबी गरे । यसमा आफू ‘कम्फर्ट जोन’ (हास्य भूमिका) बाट बाहिर निस्किएर अभिनय गरेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2021-04-06, मंगलवार

अभिनेत्री वर्षा सिवाकोटी अभिनयभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । प्रेम अंकुराएको १७ महिनामा सविनजंग थापासँग ब्रेकअप गरेकी उनको यतिबेला अभिनेता तथा चलचित्र विकास बोर्डका सदस्य राज कटुवालसँग नाम जोडिएको छ । ५ महिनादेखि उनीहरु एकअर्काको प्रेममा रहेको चर्चा छ । यो जोडीले यसपालीको होली साथमै मनाएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2021-04-06, मंगलवार

फिल्म ‘कबड्डी’ बाट अभिनेत्री रिश्मा गुरुङ चर्चामा आइन् । उनी यो फिल्मको दोस्रो सिरिजसम्म प्रमुख भूमिकामा थिइन् । तेस्रो सिरिजमा भने अभिनेत्री उपासना सिंह ठकुरीको प्रवेश भयो । अब ‘कबड्डी’ को फाइनल म्याचमा अर्की अभिनेत्री मिरुना मगर भित्रिएकी छन् । यूकेमा परिवारसँग बस्दै आएकी उनी यो फिल्मको वर्कसपका लागि गएको हप्ता काठमाडौं आइपुगेकी छन् ।

एजेन्सी, मुम्बई, 2021-04-05, सोमवार

नेपालमा पनि निकै प्रतिक्षीत बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज फेरि पोस्टपोन्ड भएको छ । भारतमा कोरोना संक्रमण बढेपछि निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो । रोहित सेट्टी निर्मित तथा निर्देशित यो फिल्म ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा थियो । यसअघि पनि फिल्मको कोरोनाका कारण रिलिज रोकिएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-04-05, सोमवार

अर्विन्द राज गुरुङको निर्देशनमा फिल्म ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को सोमवारबाट छायांकन सुरु भएको छ । प्रेमकथामा बन्न लागेको फिल्मको नेपाल र भारतको दार्जिलिङ, सिक्किम, कोलकातामा सुटिङ हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सनको ब्यानरमा बन्ने फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटिया मुख्य भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-05, सोमवार

फिल्म ‘एमएस धोनी’ का निर्देशक नीरज पान्डेले नेपाली फिल्म निर्माण गर्ने भएका छन् । ‘ट्वाइलेट एक प्रेमकथा, रुस्तम’ जस्ता फिल्मको निर्माण समेत गरिसकेका उनले निर्माता सरोज न्यौपानेको ब्यानर अनन्या फिल्म्ससँग सहकार्य गरेर नेपाली फिल्म बनाउन लागेका हुन् । गएको हप्ता नीरजको प्रोडक्सन कम्पनी फ्राइडे फिल्मवर्कस र अनन्या फिल्म्सबीच सम्झौता भएको हो ।

Results : 7231 - 7236 of 24027
Most Visited News (monthly)