Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7213 - 7218 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-04-11, आईतवार

डेढ दशक अघिको सुपरहिट फिल्म 'हामी तीन भाई'को नाममा पुनः फिल्म बन्ने भएको छ । नयाँ फिल्मलाई  मधुसुदन भट्टराईले निर्देशन गर्दैछन् । पहिलेको फिल्ममा भने स्व. शिव रेग्मीको निर्देशन रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2021-04-11, आईतवार
गत बर्ष कोभिड-१९ शुरु हुने समयमा सबैभन्दा पहिले फिल्म हलहरु बन्द गरियो । स्वास्थ्य सुरक्षा भन्दै बन्द भएका हलहरु विस्तारै खुल्न थालेको समयमा पुनः बन्द गर्न सिफारिस भईसकेको छ । यसबीचमा केहि फिल्महरु रिलीज पनि भए तर हलमा दर्शकको उपस्थिती खासै भएन ।
फिल्मीखबर, काठमाडौं, 2021-04-10, शनिवार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गरेकी छन् । विभूषित हुनेमा कलाकारहरु पनि परेका छन् । गत वर्ष विभूषण समितिको सिफारिसमा अभिनेता निखिल उप्रेती प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए ।
फिल्मीखबर, काठमाण्डौ, 2021-04-10, शनिवार

अभिनेता दयाहाङ राईलाई दोस्रो राजेश हमाल भन्ने गरिन्छ । यो यसकारण कि, करिअरको उत्कर्षमा रहँदा हमालले जुन हिसाबले संख्या बढाउन फिल्ममा काम गरे, उनकै सिको यतिबेला दयाहाङले गरिरहेका छन् । यस्तो लाग्छ, राजेश हमालले धेरै फिल्म खेलेर बनाएको रेकर्ड तोड्नु नै उनको मुख्य उद्देश्य हो । उनले आफ्नो अभिनयमा समेत फरकपन पस्कन सकेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-10, शनिवार

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट उदाएका नायक हुन्, धिरज मगर । यो फिल्म औसत चले पनि उनको अभिनय र लुक्सले धेरैलाई फ्यान बनायो । डेब्यू फिल्मबाटै जबरजस्त क्रेज बनाएका उनी ठूलो पर्दामा देखिएको दुई वर्षभन्दा बढी भइसकेको छ । जसले गर्दा दर्शकले उनलाई विर्सिन थालेको चर्चा चलिरहेको छ । हालै उनले फिल्म ‘आई एम ट्वान्टिवान’ को छायांकन सकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2021-04-09, शुक्रवार

सम्राट बस्नेतको निर्देशनमा फिल्म ‘लाल मोहन जी’ निर्माण हुने भएको छ । जेठको पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा अभिनेता विपिन कार्की मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सस्पेन्स-कमेडी फिल्ममा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुस्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सुशान्त मेचेको पनि अभिनय रहनेछ । 

Results : 7213 - 7218 of 24027
Most Visited News (monthly)