Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6703 - 6708 of 24027
फिल्मीखबर, काठमाडौं, 2021-09-25, शनिवार

उमेरले अध्ययन गर्न रोक्दैन भन्ने एउटा उदाहरण हुन्, करिश्मा मानन्धर । फिल्म ‘सन्तान’ बाट डेब्यू गर्दा उनी ८ कक्षामा पढ्दै थिइन्, उमेर भर्खर १४ वर्षको थियो । परिवारको आर्थिक अवस्थाका कारण पनि पढाई छाडेर उनी अभिनयमा होमिइन् । पहिलो फिल्मको सफलतापछि उनले पढाईलाई निरन्तरता दिन सकिनन् । त्यसबेला उनलाई पढाईको आवश्यकता महशुस पनि भएन ।

एजेन्सी, मुम्बई, 2021-09-24, शुक्रवार

सुपरस्टार गोविन्दा र सुनीता आहूजाका एक मात्र छोरा यशवर्धन बलिउडमा डेब्यू गर्नका लागि तयार छन् । तर, कोरोना महामारी र लकडाउनका कारण उनको डेब्यूमा ढिलाइ भएको छ । एक अन्तर्वार्तामा सुनीताले छोरालाई ठूलो पर्दामा हेर्न उत्साहित रहेको बताएकी छन् । गोविन्दाकी छोरी टीना अहुजाले भने २०१५ मा ‘सेकेन्ड ह्यान्ड हज्बेन्ड’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2021-09-24, शुक्रवार

अचेल कलाकारहरुलाई म्यूजिक भिडियो आम्दानीको बलियो स्रोत बनेको छ । आकर्षक पारिश्रमिक पाइने, एकै दिनमा छायांकन सकिने र प्रचारमा पनि हिँड्नु नपर्ने काइदाका कारण यसप्रति कलाकारको मोह बढ्दो छ । कोरोनाकालमा फिल्मको काम नहुँदा प्रायःले म्यूजिक भिडियोमै आफूलाई व्यस्त राखे । म्यूजिक भिडियोमा फिल्मका कलाकारहरुको निकै राम्रो माग हुने गरेको छ ।

फिल्मीखबर, काठमाडौं, 2021-09-24, शुक्रवार

ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ मा पहिलो पटक दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ टिमसँग सहकार्य गरेका निर्माता रोहित अधिकारी फेरि यही टिमसँँग सहकार्य गरेर नयाँ फिल्म बनाउने तयारीमा छन् । अहिले दुईवटा फिल्मको स्क्रिप्टमा काम भइरहेको छ, जसमध्ये एउटा फिल्मको नाम ‘कालो कोट’ हो । यो फिल्मको स्क्रिप्टलाई प्रदीप भारद्वाजले लेखिरहेका छन् ।

काठमाडौं, फिल्मीखबर, 2021-09-24, शुक्रवार

गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट भएको छ । फेसन डिजाइनर शरद केडियाले बिहीवार खुम्बु पुगेर उनलाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ मा भाग लिन जाने क्रममा शरदले घुँडा टेकेर इन्दिरालाई औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक एकाउन्टमा पोस्ट गरेका छन् । 

एजेन्सी, मुम्बई, 2021-09-23, बिहिवार

प्रेम चोपडाको गणना बलिउडमा ती खुंखार भिलेनमा हुने गर्छ, जसलाई दर्शकले वास्तवमै खुंखार भिलेन सम्झने गरेका थिए । बिहीवारबाट ८६ वर्षमा लागेका उनले एक अन्तर्वार्तामा एक समय आफूलाई देखेपछि मान्छेहरु आफ्नी श्रीमती लुकाउने गरेको बताएका थिए । तर, जसले उनलाई देखेपछि आफ्नी श्रीमती लुकाउँथे उनी त्यही व्यक्तिको नजिक गएर खुलेर कुराकानी गर्थे । 

Results : 6703 - 6708 of 24027
Most Visited News (monthly)