
हरेक फिल्ममा आफ्नो चरित्र र अभिनयमा फरकपन पस्किन सिपालु मानिने अभिनेत्री सुरक्षा पन्त फेरि एकपटक भिन्न चरित्रमा देखिँदैछिन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’मा उनले दुर्गम गाउँको अति विपन्न एक महिलाको भूमिका निर्वाहा गरेकी छन् । मंगलवार निर्माण टिमले सार्वजनिक गरेको फर्स्टलुकमा देखिएको उनको लुक्सले यही बयान गर्छ ।

नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो ।

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार नारी दिवसको अवसरमा निर्माण टिमले ‘सुन्तला’ बोलको गीत यूट्युबमा सार्वजनिक गरेको हो । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको युगल स्वर छ । डान्सिङ नम्बरको गीतमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतले ठुम्का लगाएका छन् ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरीमा पलविरुद्ध जाहेरी दिएकी ती नाबालिगले फागुन १६ गते गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । मंगलवार तनहुँ प्रहरीले पललाई अनुसन्धानका लागि गैंडाकोट लगेको हो ।

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहको विपक्षमा २२ जना अधिवक्ताहरु बहस गर्न तयार भएका छन् । पीडितको न्यायका लागि बहसमा जोडिन अधिवक्ता मोहना अन्सारीले सामाजिक सञ्जालबाट आग्रह गरेपछि २२ जना अधिवक्ताहरुले इच्छा देखाएका हुन् । अब उनीसहित २२ जना अधिवक्ताले नाबालिगको पक्षमा बहस गर्नेछन् ।

नेपाली फिल्मका लभ बर्डस् सौगात मल्ल र सृष्टि श्रेष्ठ विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । दुई वर्षयता एकसाथ बस्दै आएका उनीहरु कोरोना महामारीले देशलाई नगाँजेको भए विवाह बन्धनमा बाँधिसकेका हुने थिए । कोरोना महामारीअघि सौगात सृष्टिको माता-पितासँग बिहेको कुरा गर्न यूके समेत गएका थिए । दुवै पक्षको परिवारले उनीहरुलाई विवाहको अनुमति दिइसकेको छ ।

