Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 6055 - 6060 of 24027
फिल्मीखबर, काठमाण्डौ, 2022-04-01, शुक्रवार

अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक नाटकमा अभिनय गर्ने तयारीमा थिइन् । ‘पल्पसा क्याफे’ पुस्तकमाथि मञ्चन हुन लागेको नाटकमा उनको अभिनय रहने गरी गत वर्ष राजधानीमा एक कार्यक्रमका बीच नाटकको घोषणा गरिएको थियो । कोरोनाका कारण एक वर्ष रोकिएको नाटक अब आउँदो बैशाख ९ गतेबाट मञ्चन हुँदैछ तर स्वस्तिमाले भने नाटकबाट हाट झिकेकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-01, शुक्रवार

गत शुक्रवारबाट प्रदर्शनमा आएको साउथको महंगो फिल्म ‘आरआरआर’ले नेपालमा आफ्नो पकड बनाइराखेको छ । पहिलो हप्ता हरेक मल्टीप्लेक्सहरुमा सर्वाधिक शोजका साथ हाउसफुल व्यापार गरेको फिल्मले दोस्रो हप्तामा पनि उल्लेख्य संख्यामा शो पाएको छ । यसबीच, शुक्रवार (आज) बाट ‘आरआरआर’लाई चुनौती दिन नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा उत्रिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-03-31, बिहिवार

‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित फिल्म महोत्सव ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) काठमाडौंमा सुरु भएको छ । चैत २१ गते (पाँच दिन) सम्म हुन लागेको महोत्सवको बिहीवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।

फिल्मीखबर, काठमाडौं, 2022-03-31, बिहिवार

अभिनेता सन्दिप क्षेत्रीले कुनै कलाकार आफूले खेलेको फिल्मबाट उत्साहित हुँदैन भने त्यो कलाकार नै हुन नसक्ने बताएका छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को प्रचारमा मुख्य दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईं नहिँडेपछि फिल्मको प्रचारमा सघाउन पुगेका उनले कलाकार भएपछि आफूले खेलेको फिल्मप्रति चासो राख्नुपर्ने धारणा राखे ।

एजेन्सी, अमेरिका, 2022-03-31, बिहिवार

हलिउड स्टार तथा एक्सन हिरो ब्रूस विलिसले आफ्नो अभिनय करिअरबाट सन्यास लिएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट लेख्दै ब्रूसले अभिनयबाट सन्यास लिएको जानकारी उनको परिवारले गराएको हो । एफासिया (दिमाखसम्म जाने ब्लड सप्लाई बन्द हुनु) नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2022-03-31, बिहिवार

फिल्म रिलिजको संघारमा हुँदा कलाकारहरुले प्रचार-प्रसारमा साथ नदिएको भन्दै बेला-बखतमा निर्माता-निर्देशकहरुले मिडियामा गुनासो पोखिरहेका हुन्छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’ले पनि प्रचारमा दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंको साथ पाएको छैन । दुई अभिनेत्रीको उपस्थिति र साथविनै निर्माण टिमले प्रचार गरिरहेको छ । 

Results : 6055 - 6060 of 24027
Most Visited News (monthly)